logo

आठ महिनादेखि बन्द भारत र बंगलादेश उडान सुरु गर्ने मन्त्रिपरिषद्को निर्णय

    1988   पटक पढिएको


११ मंसिर/अर्थ र व्यापार– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आठ महिनादेखि उडान बन्द भएको भारत र बंगलादेश नियमित उडान सुरु गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडान सुरु गर्नका लागि दुवै मुलुकसँग कूटनीतिक प्रक्रिया सुरु गर्ने तयारी रहेको जनाएको छ । उडान मिति भने दुवै मुलुकबाट अनुमति आएपछि मात्र तय हुने छ । 

चैतअघि नेपाल–भारत चार गन्तव्यमा दुई नेपाली वायुसेवा कम्पनी र तीन भारतीय वायुसेवा कम्पनी (एयर इण्डिया, भिस्तारा र इण्डिगो) ले उडान गर्दै आएका थिए । 

बन्दाबन्दीको समयमा नेपाल–भारत चार्टर उडान समेत भएको थिएन । भारतले आउँदो डिसेम्बरदेखि अन्तर्राष्ट्रिय उडान चालु गर्ने योजना बनाएको छ ।     

नेपाल–बंगलादेशबीच भने उडान बन्द भएको अवधिभर चार्टर उडान भएको थियो । चैतअघि नेपालको हिमालय एयरलाइन्स र बंगलादेशको विमान बंगलादेशले नियमित उडान गर्दै आएका थिए । 

मन्त्रालयका अधिकारीहरुका अनुसार निर्णय भएलगत्तै दुईपक्षीय उडान सुरु नहुने बताए । दुवै मुलुकले बनाएको निर्देशिका बमोजिमका सर्त–सहमतिका आधारमा उडान सुरु हुने जानकारी दिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार हाल १० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुको दैनिक ११ वटा उडान र १३ वटा अवतरण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।