logo

निगमद्धारा अत्याधुनिक फ्लाइट प्लानिङ सिस्टम लागू, अब ३० प्रतिशत खर्च बचत हुने

    2073   पटक पढिएको


१८ कात्तिक/अर्थ र व्यापार– नेपाल वायुसेवा निगमले साढे दुई दशकपछि अत्याधुनिक फ्लाइट प्लानिङ सिस्टम लागू गरेको छ । 

निगमले करीब साढे दुई दशकदेखि प्रयोग गर्दै आएको सीता फ्लाइट प्लानिङ सफ्टवेयर परिवर्तन गर्दै एयर बस कम्पनीले आविष्कार गरेको आधुनिक नेभब्लु फ्लाइट प्लानिङ (एन–एफपी) पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको हो ।

निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले एयरबसको आधुनिक नेभब्लु फ्लाइट प्लानिङ (एन–एफपी) सफ्टवेयर कार्यान्वयनमा आएपछी निगमको खर्च ३० प्रतिशतले बचत हुने बताईन् ।

सिता मल्टिनेशनल इन्फरमेशन आइटी कम्पनीले सन् २०२१ मा आफूले वितरण गर्दै आएको प्लानिङ सफ्टवेयर बन्द गर्ने निर्णय गरेपछि निगमले एयरबसको एन–एफपी सफ्टवेयर लागू गरेको हो ।   

निगमद्धारा जडित नयाँ प्रविधिमा नोटाम (नोटिस टु एयरम्यान), रेम (रिसीभर एटोनोमस इन्टिग्रिटी मोनिटरीङ) प्रेडिक्सन, ओभरफ्लाई चार्जेस, रुट एण्ड फ्युल अप्टिमाइजेसन लगायत बहुउपयोगी विशेषता रहेको जनाइएको छ।

नयाँ प्रविधिले निगमका जहाजहरुको उडानसम्बन्धी जानकारीलाई अत्याधुनिकरुपमा प्रविधिमैत्री बनाउने निगमले बताइएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।