logo

माउन्टेन हाइड्रोपावरको पहिलो कारोबार १०० रुपैयाँमा 

    1380   पटक पढिएको

४ बैशाख /अर्थ र व्यापार - माउन्टेन हाइड्रोपावरको पहिलो कारोबार नै १०० रुपैयाँमा भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारका लागि ९३.७५ रुपैयाँदेखि २८१.२५ रुपैयाँसम्ममा गर्न पाउने गरी रेन्ज तोकोको थियो । नेपाल स्टक एक्सचेन्जको नयाँ प्रणाली ‘प्रि ओपन सेसनमा’ दुई दिनसम्म कारोबार नै हुन सकेन । बुधबारको प्रि ओपन सेसनमा पहिलो कारोबार १०० रुपैयाँमा म्याचिङ भएको छ ।

यस अघि दोस्रो बजारमा सूचीकृत युनिभर्सल पावर कम्पनीको पहिलो कारोबार अधिकतम रेन्जको हाराहारीमा भयो । तर कम्पनीको बजार मूल्य दिन दिनै घट्दो क्रममा सर्किट लाग्दै आएको थियो । कम्पनीको पहिलो कारोबारका लागि १०१ रुपैयाँदेखि ३०३ रुपैयाँसम्मको रेन्ज तोकिएको थियो। कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँमा म्याचिङ भएर लगातार घट्ने क्रममा ९० रुपैयाँसम्म झर्यो ।

त्यस्तै जोशी हाइड्रोपावरको शेयरमा पनि यस्तै अवस्था सिर्जना भएको थियो । कम्पनीको पहिलो कारोबारका लागि ९३ रुपैयाँदेखि २८१ रुपैयाँसम्म तोकिएको थियो। पहिलो कारोबार २७९ रुपैयाँमा भएर लगातार घट्ने क्रममा १४७ रुपैयाँसम्म झरिसकेको छ ।
दोस्रो बजार पछिल्लो तीन वर्षदेखि घट्दो ट्रण्डमा छ। घट्दो ट्रण्डमा रहेको बजारमा  अधिकांश सूचीकृत हाइड्रोपावर कम्पनीको बजार मूल्य एक सय रुपैयाँको हाराहारीमा छ । यसले गर्दा नयाँ आउने कम्पनीको पहिलो कारोबार अधिकतम रेन्जमा भएपनि अन्य कम्पनीकै मूल्य हाराहारीमा आउने क्रममा मूल्य लगातार घट्दो क्रममा रहेको देखिन्छ ।

दोस्रो बजारमा हाल २६ वटा जलविद्युत कम्पनी सूचीकृत छ जसमध्ये ९ वटा कम्पनीको बजार मूल्य आधार मूल्य भन्दा तल छ । १३ वटा कम्पनीको बजार मूल्य एक सय रुपैयाँदेखि २०० रुपैयाँको बीचमा रहेको छ । बाँकी चारवटाको २०० रुपैयाँ भन्दा माथि छ ।
प्रति कित्ता १०० रुपैयाँमा प्राथमिक शेयर निष्काशन गरेका अधिकांश जलविद्युत कम्पनको बजार मूल्य नै १०० रुपैयाँ भन्दा तलमा कारोबार भैरहेको छ । यसले गर्दा नयाँ हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर बिक्री हुन नै धौ धौ हुने गरेको छ । प्राथमिक शेयर निष्कासन गर्ने अधिकांश जलविद्युत कम्पनीको वित्तीय अवस्था निराशाजनक छ । कतिपय कम्पनीको आयोजनाको निर्माण कार्य सकिन अझै केही वर्ष लाग्ने देखिन्छ । यसले गर्दा उनीहरुले अझै केहि वर्ष लाभांश दिन सक्दैनन् । विद्युत उत्पादन सुरु गरेका आयोजनाको पनि अर्बौ रुपैयाँ दीर्घकालीन ऋण तिर्न बाँकी छ । दीर्घकालीन ऋण तिरेर लाभांशका लागि अझै केहि वर्ष पर्खनु पर्ने भएकोले दोस्रो बजारमा कम्पनीले उचित मूल्य पाउन सकेका छैनन् ।   

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।