logo

माउन्टेन हाइड्रोपावरको पहिलो कारोबार १०० रुपैयाँमा 

    1646   पटक पढिएको

४ बैशाख /अर्थ र व्यापार - माउन्टेन हाइड्रोपावरको पहिलो कारोबार नै १०० रुपैयाँमा भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारका लागि ९३.७५ रुपैयाँदेखि २८१.२५ रुपैयाँसम्ममा गर्न पाउने गरी रेन्ज तोकोको थियो । नेपाल स्टक एक्सचेन्जको नयाँ प्रणाली ‘प्रि ओपन सेसनमा’ दुई दिनसम्म कारोबार नै हुन सकेन । बुधबारको प्रि ओपन सेसनमा पहिलो कारोबार १०० रुपैयाँमा म्याचिङ भएको छ ।

यस अघि दोस्रो बजारमा सूचीकृत युनिभर्सल पावर कम्पनीको पहिलो कारोबार अधिकतम रेन्जको हाराहारीमा भयो । तर कम्पनीको बजार मूल्य दिन दिनै घट्दो क्रममा सर्किट लाग्दै आएको थियो । कम्पनीको पहिलो कारोबारका लागि १०१ रुपैयाँदेखि ३०३ रुपैयाँसम्मको रेन्ज तोकिएको थियो। कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँमा म्याचिङ भएर लगातार घट्ने क्रममा ९० रुपैयाँसम्म झर्यो ।

त्यस्तै जोशी हाइड्रोपावरको शेयरमा पनि यस्तै अवस्था सिर्जना भएको थियो । कम्पनीको पहिलो कारोबारका लागि ९३ रुपैयाँदेखि २८१ रुपैयाँसम्म तोकिएको थियो। पहिलो कारोबार २७९ रुपैयाँमा भएर लगातार घट्ने क्रममा १४७ रुपैयाँसम्म झरिसकेको छ ।
दोस्रो बजार पछिल्लो तीन वर्षदेखि घट्दो ट्रण्डमा छ। घट्दो ट्रण्डमा रहेको बजारमा  अधिकांश सूचीकृत हाइड्रोपावर कम्पनीको बजार मूल्य एक सय रुपैयाँको हाराहारीमा छ । यसले गर्दा नयाँ आउने कम्पनीको पहिलो कारोबार अधिकतम रेन्जमा भएपनि अन्य कम्पनीकै मूल्य हाराहारीमा आउने क्रममा मूल्य लगातार घट्दो क्रममा रहेको देखिन्छ ।

दोस्रो बजारमा हाल २६ वटा जलविद्युत कम्पनी सूचीकृत छ जसमध्ये ९ वटा कम्पनीको बजार मूल्य आधार मूल्य भन्दा तल छ । १३ वटा कम्पनीको बजार मूल्य एक सय रुपैयाँदेखि २०० रुपैयाँको बीचमा रहेको छ । बाँकी चारवटाको २०० रुपैयाँ भन्दा माथि छ ।
प्रति कित्ता १०० रुपैयाँमा प्राथमिक शेयर निष्काशन गरेका अधिकांश जलविद्युत कम्पनको बजार मूल्य नै १०० रुपैयाँ भन्दा तलमा कारोबार भैरहेको छ । यसले गर्दा नयाँ हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर बिक्री हुन नै धौ धौ हुने गरेको छ । प्राथमिक शेयर निष्कासन गर्ने अधिकांश जलविद्युत कम्पनीको वित्तीय अवस्था निराशाजनक छ । कतिपय कम्पनीको आयोजनाको निर्माण कार्य सकिन अझै केही वर्ष लाग्ने देखिन्छ । यसले गर्दा उनीहरुले अझै केहि वर्ष लाभांश दिन सक्दैनन् । विद्युत उत्पादन सुरु गरेका आयोजनाको पनि अर्बौ रुपैयाँ दीर्घकालीन ऋण तिर्न बाँकी छ । दीर्घकालीन ऋण तिरेर लाभांशका लागि अझै केहि वर्ष पर्खनु पर्ने भएकोले दोस्रो बजारमा कम्पनीले उचित मूल्य पाउन सकेका छैनन् ।   

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।