logo

माउन्टेन हाइड्रोद्वारा १७ लाख ३९ हजार ७ सय ८८ कित्ता प्राथमिक शेयर निष्काशन गरिने

    1598   पटक पढिएको

१४ फागुन /अर्थ र व्यापार - माउन्टेन हाइड्रो नेपालले फागुन २३ गतेदेखि सर्वसाधारणको लागि १७ लाख ३९ हजार ७ सय ८८ कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । प्रभावित क्षेत्रमा बिक्री नभएको ५ लाख ६६ हजार ११० कित्ता शेयर सहित सर्वसाधारण तर्फ १८ लाख १६ हजार ११० कित्ता शेयर बिक्री गर्ने भएको छ।निष्काशनको ५ प्रतिशत अर्थात ९० हजार ८०५ कित्ता सामुहिक लगानीकोषका लागि छुट्टाइएको भए पनि कोषहरुले जम्मा ४० लाख कित्ता मात्रै खरिद गरेका छन् ।

सामूहिक लगानी कोषले पछिल्लो समय कम्पनी छानेर मात्रै लगानी गर्न थालेका छन् । म्युचुअल फण्डहरुलाई संरक्षण गर्न प्राथमिक शेयर निष्काशनमा आरक्षण दिँदा पनि उनीहरुले शेयर खरिद नगरेका हुन् । पछिल्लो समय हाइड्रोपावरको शेयर आधार मूल्य भन्दा तल झरेर कारोबार हुन थाले पछि प्राथमिक बजारमा शेयर बिक्री हुन छाडेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्मको लागि आवदेन दिन पाउने छन् । कम्पनीको प्राथमिक शेयरको निष्काशन पहिलो चरणमा फागुन २८ गतेसम्म र पहिलो चरणमा बिक्री भएमा ढिलोको अवधिमा चैत २२ गतेसम्म निष्काशन गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

क्रेडिट रेटिङ ४ पाएको कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि झण्डै ९ वर्ष लाग्नेछ । कम्पनीले पाँचथर जिल्लामा ९.५ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको जम्मा लागत ४ अर्ब २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत १९ करोड ८२ लाख रुपैयाँ रहेको उक्त आयोजनाले अवको ३० वर्षसम्म विद्युत उत्पादन गर्न पाउनेछ ।

आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै मेरो शेयरको खाता खोलेकाले अनलाइन आवेदन दिन सक्ने छन् ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।