logo

माउन्टेन हाइड्रोद्वारा १७ लाख ३९ हजार ७ सय ८८ कित्ता प्राथमिक शेयर निष्काशन गरिने

    1307   पटक पढिएको

१४ फागुन /अर्थ र व्यापार - माउन्टेन हाइड्रो नेपालले फागुन २३ गतेदेखि सर्वसाधारणको लागि १७ लाख ३९ हजार ७ सय ८८ कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । प्रभावित क्षेत्रमा बिक्री नभएको ५ लाख ६६ हजार ११० कित्ता शेयर सहित सर्वसाधारण तर्फ १८ लाख १६ हजार ११० कित्ता शेयर बिक्री गर्ने भएको छ।निष्काशनको ५ प्रतिशत अर्थात ९० हजार ८०५ कित्ता सामुहिक लगानीकोषका लागि छुट्टाइएको भए पनि कोषहरुले जम्मा ४० लाख कित्ता मात्रै खरिद गरेका छन् ।

सामूहिक लगानी कोषले पछिल्लो समय कम्पनी छानेर मात्रै लगानी गर्न थालेका छन् । म्युचुअल फण्डहरुलाई संरक्षण गर्न प्राथमिक शेयर निष्काशनमा आरक्षण दिँदा पनि उनीहरुले शेयर खरिद नगरेका हुन् । पछिल्लो समय हाइड्रोपावरको शेयर आधार मूल्य भन्दा तल झरेर कारोबार हुन थाले पछि प्राथमिक बजारमा शेयर बिक्री हुन छाडेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्मको लागि आवदेन दिन पाउने छन् । कम्पनीको प्राथमिक शेयरको निष्काशन पहिलो चरणमा फागुन २८ गतेसम्म र पहिलो चरणमा बिक्री भएमा ढिलोको अवधिमा चैत २२ गतेसम्म निष्काशन गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

क्रेडिट रेटिङ ४ पाएको कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि झण्डै ९ वर्ष लाग्नेछ । कम्पनीले पाँचथर जिल्लामा ९.५ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको जम्मा लागत ४ अर्ब २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत १९ करोड ८२ लाख रुपैयाँ रहेको उक्त आयोजनाले अवको ३० वर्षसम्म विद्युत उत्पादन गर्न पाउनेछ ।

आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै मेरो शेयरको खाता खोलेकाले अनलाइन आवेदन दिन सक्ने छन् ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।