logo

मेरो सुरक्षाद्वारा निशुल्क बीमा योजना सार्वजनिक

    1208   पटक पढिएको

३ बैशाख /अर्थ र व्यापार - नयाँ वर्षको अवसरमा मेरो सुरक्षाले निशुल्क बीमा योजना सार्वजनिक गरेको छ । मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स अन्तरगत नयाँ योजना ल्याएको हो । यस योजनामा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहकार्य गर्ने मोबाइल व्यवसायी सहभागि हुन सक्छन् । मेरो सुरक्षाका अनुसार मोबाइल व्यवसायीको ११ लाख रुपैंया बराबरको निशुल्क बीमा हुनेछ ।

मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारका अनुसार मोबाइल व्यवसायीले १० लाख रुपैंया बराबरको दुर्घटना बीमा तथा एक लाख रुपैंया बराबरको स्वास्थ्य उपचार बीमा निशुल्क पाउने छन् । योजनामा सहभागि हुनका लागि मोबाइल व्यवसायीहरु मेरो सुरक्षाको मोबाइल प्रटेक्सन प्लानका बितरक हुनु पर्नेछ । बैशाख २० गतेसम्ममा मेरो सुरक्षासँग सम्पर्कमा आउने मोबाइल बितरकहरुलाई मात्र निशुल्क बीमा योजनामा सहभागि गराइने बताइएको छ ।

मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा निशुल्क बीमा योजना ल्याएको हो । मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगकै सहकार्यमा मोबाइल प्रोटेक्सन प्लान सञ्चालन गरिरहेको छ । केही समय अघि मात्र चितवनमा शाखा बिस्तार गरेको मेरो सुरक्षाले बैशाखको पहिलो सातादेखि बुटवलमा पनि शाखा सञ्चालनमा ल्याउँदैछ । कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ ।

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी आफ्नो मोबाइलको बीमा गराउन सक्छन् । मेरो सुरक्षाले मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीको १ लाख रुपैंयाको निशुल्क दुर्घटना बीमा समेत गरिदिनेछ । मोबाइल प्रोटेक्सन प्लान लिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । मोबाइलको बीमा गर्दा लाग्ने शुल्क इसेवा, खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिंगबाट भुक्तान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।