logo

माथिल्लो त्रिशूली थ्री ‘ए’ निर्माण कार्य अन्तिम चरणमा

    1730   पटक पढिएको

३० फागुन /अर्थ र व्यापार - रसुवामा बाँध र नुवाकोटमा विद्युत उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको समग्र काम हाल ९० प्रतिशत पूरा भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए । उनका अनुसार आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत काम पूरा भएको छ ।
आयोजनाको मुख्य संरचना हेडवक्र्स (बाँध), सुरुङ तथा विद्युत गृहको परीक्षण आगामी चैत १ देखि शुरु गर्न लागिएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले जानकारी दिए । वैशाख १५ सम्म परीक्षण समयअवधी लाग्ने र त्यसलगत्तै विद्युत् उत्पादन शुरु गर्ने गरी निर्माणलाई तिव्र बनाइएको छ ।

आयोजनाको पछिल्लो प्रगतिको सम्बन्धमा चासो राख्न दुई साता अघि आयोजनास्थल मनकामनास्थित सिम्ले पुग्नुभएका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तोकिएको समयमा काम सक्न निर्देशन दिएपछि जारी रहेको निर्माण कार्यलाई थप तिव्र बनाएर तोकिएको समयमा विद्युत् उत्पादनको तयारी थालिएको छ । उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनसम्म जडानको लागि त्रिशूली–काठमाडौँ २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माणको समन्वयन र व्यवस्थापनको जिम्मेवारी थ्री ‘ए’ मार्फत भइरहेको छ ।

उक्त कार्य हाल ९५ प्रतिशत पूरा भइसकेको छ । सो आयोजनाको निर्माण चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी)ले गरिरहेको छ । उक्त कम्पनीले सन्न २०११ जुनदेखि काम शुरु गरेको हो । निर्माणको लागि सो कम्पनीसँग इञ्जिनियरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन अवधारणामा सम्झौता भएको हो । विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पले धेरै क्षति पु¥याएको यस आयोजनाको मुख्य संरचना निर्माणमा निर्माण व्यवसायीलाई हालसम्म कुनै ‘भेरिएशन’ दिइएको छैन । भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पु¥याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रुपमा पहिरो रोकथामसम्बन्धी कार्यको लागि भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुुसार नेपाली सेनाबाट काम भइरहेको छ ।
त्रिशूली नदीको पानीबाट ‘रन अफ रिफर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्ण रुपमा सञ्चालन आए पश्चात यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब रु तीन अर्ब आम्दानी गर्दछ ।

त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादन गृह रहेको आयोजनाको निमार्ण सबै भूमिगत ९पहाडभित्र० बनाइएको छ । आयोजनाबाट साढे आठ महीना पूर्ण रूपमा ९६० मेगावाट० विद्युत् उत्पादन हुनेछ । कुल उत्पादनको ४६६ प्रतिशत विद्युत् सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकको लागी आवश्यक विद्युत् परिपूर्ति गर्न यस आयोजनालाई महत्वका रुपमा हेरिएको आयोजनाका उपप्रबन्धक ज्याख्वाले जानकारी दिएका छन । उनका अनुसार सो आयोजना सम्पन्न पश्चात सहायक योजना ९क्यासकेड० मार्फत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजना सञ्चालनमा ल्याउन निर्माण कार्य अघि बढाइएको छ । थ्री ‘बी’लाई तीन वर्ष्भित्र पूरा गर्नेगरी गत वर्षको फागुनबाट निर्माण थालिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।