logo

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा कोइराला

आक्रामक व्यापार विस्तारमा आईजिआई

    1957   पटक पढिएको

२७ पौष / अर्थ र व्यापार- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड एम्बेसडरमा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । कोईराला तीन वर्षको लागि ब्रान्ड एम्बेसडर नियुक्त भएकी हुन् ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित बीमा कम्पनी हो । देशकै प्रतिष्ठित आईएमई समुहद्वारा प्रबद्धित कम्पनीले पछिल्लो समय आफ्नो आक्रामक बिजनेश रणनितिका कारण बीमा कम्पनीहरुको भिडमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । कम्पनी आक्रामक रुपले व्यापार विस्तारमा केन्द्रित भईरहेको छ ।

मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए । ‘नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउनु खुशीको विषय हो’ श्रेष्ठले भने । नेपाली बीमा बजारमा उत्कृष्ट सेवा प्रदान गर्दै निरन्तर अगाडि बढिरहेको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा परिष्कृत गर्दै उच्च कोटीको सेवा सहित डिजिटलको माध्यमबाट सेवामा विविधता ल्याइने श्रेष्ठले बताए ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड एम्बेसडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लागेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका निर्वाह गर्ने कोइरालाले प्रतिबद्धता व्यक्त गरेको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले वताए ।

पछिल्लो समय कम्पनीको सेयर मुल्यमा समेत उछाल आएको छ । कम्पनी पछिल्लो समय सेयर लगानीकर्ताहरुको रोजाईमा समेत परिरहेको देखिन्छ । कम्पनीको आगामी पौष मसान्तको वित्तीय अवस्थामा व्यापक सुधार आउने र कम्पनीको ईपिएसमा समेत सुधार हुने भएका कारण कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।