logo

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा कोइराला

आक्रामक व्यापार विस्तारमा आईजिआई

    1705   पटक पढिएको

२७ पौष / अर्थ र व्यापार- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड एम्बेसडरमा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । कोईराला तीन वर्षको लागि ब्रान्ड एम्बेसडर नियुक्त भएकी हुन् ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित बीमा कम्पनी हो । देशकै प्रतिष्ठित आईएमई समुहद्वारा प्रबद्धित कम्पनीले पछिल्लो समय आफ्नो आक्रामक बिजनेश रणनितिका कारण बीमा कम्पनीहरुको भिडमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । कम्पनी आक्रामक रुपले व्यापार विस्तारमा केन्द्रित भईरहेको छ ।

मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए । ‘नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउनु खुशीको विषय हो’ श्रेष्ठले भने । नेपाली बीमा बजारमा उत्कृष्ट सेवा प्रदान गर्दै निरन्तर अगाडि बढिरहेको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा परिष्कृत गर्दै उच्च कोटीको सेवा सहित डिजिटलको माध्यमबाट सेवामा विविधता ल्याइने श्रेष्ठले बताए ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड एम्बेसडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लागेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका निर्वाह गर्ने कोइरालाले प्रतिबद्धता व्यक्त गरेको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले वताए ।

पछिल्लो समय कम्पनीको सेयर मुल्यमा समेत उछाल आएको छ । कम्पनी पछिल्लो समय सेयर लगानीकर्ताहरुको रोजाईमा समेत परिरहेको देखिन्छ । कम्पनीको आगामी पौष मसान्तको वित्तीय अवस्थामा व्यापक सुधार आउने र कम्पनीको ईपिएसमा समेत सुधार हुने भएका कारण कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।