logo

सामलिङ पावर कम्पनीले इलाममा माई बेनी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गर्ने

    1761   पटक पढिएको

२५ मंसिर/ अर्थ र व्यापार  - सामलिङ पावर कम्पनीले ९.५१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको एक अर्ब ३९ करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले दीर्घकालिन ऋणको लागि ’इक्रा एनपि डबल वि माइनस’ प्राप्त गरेको छ ।

यसले मध्यम किसिमको जोखिम रहेको संकेत गर्दछ । कम्पनीले इलाम जिल्लामा माई बेनी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गर्ने भएको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरण सँग हिउँदमा प्रति युनिट ८.४० रुपैयाँ र वर्षामा प्रति युनिट ४.८० रुपैयाँमा खरिद सझौता गरिसकेको छ ।विद्युत उत्पादन केन्द्रदेखि सबस्टसेन ४ किलोमिटरको दुरीमा रहेको हुँदा विद्युत बिक्रीको लागि कुनै समस्या नभएको अध्ययनमा छ । आयोजना निर्माणको कार्य भर्खर सुरु भएको छ । संस्थापक लगानीकर्ताले आयोजना निर्माणको लागि पूँजीको ५७ प्रतिशत भूक्तानी गरिसकेका छन् । आयोजनाको निर्माण ४र५ वर्ष लाग्ने गरेको पाइन्छ ।

आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लागतको ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत शेयर पूँजीबाट जुटाउने कम्पनीले जनाएको छ । कम्पनीको प्रमुख लगानीकर्तामा सीई कन्स्ट्रक्सन, उर्जा डेभलपर, मोहन विक्रम कार्की, बाल गोपाल बैद्य र ग्राण्डी होल्डिङ प्राइभेट लिमिटेड रहेको छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।