logo

चौधरी समूहको लगानी रहेको मध्यमोदी जलविद्युत् आयोजनामा लफडा, शनिबारदेखि कामकाज ठप्प 

    1611   पटक पढिएको

१४ माघ /अर्थ र व्यापार - चौधरी समूहले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । नेपालका अर्बपति विनोद चौधरीको लगानी रहेको जलविद्युत् आयोजनामा फेरी लफडा सुरु भएको छ । स्थानीयबासीले आफूहरुले उठाएको माग पूरा गर्न आग्रह गर्दै आएका छन् ।

आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि क्षतिपूर्ति रकम नदिएको भन्दै मोदी गाउँपालिका–२ का बासिन्दाले अनिश्चितकालका लागि कामकाज बन्द गराएका हुन् । मोदी गाउँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका घर भूकम्पले झै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भइरहेका छन् । आयोजनाले पटकपटक सम्झौता गर्ने तर पीडितको मागको सम्बोधन नगरेका कारण प्रितिरोधमा उत्रनु परेको सङ्घर्ष समितिका संयोजक सुजन पोख्रेलले बताए ।

आयोजनाको सुरुङ निर्माणका क्रममा भएको बम विष्फोटका कारण घर भत्केको स्थानीयवासीले बताए । विष्फोटनका कारण स्थानीय रामकुमारी पोख्रेल, मेघराज ढुङ्गाना, शेरबहादुर खत्री, खमबहादुर खत्री, मीनकुमारी खत्री, माया खत्री, सावित्री पोख्रेल, रामबहादुर खत्रीको घरमा क्षति पुगेको बताइएको छ ।

आयोजनाका कारण ४९ घरमा असर परेको र एक घर पूर्णरुपमा भत्किसकेकाले आयोजनाले नयाँ र सुरक्षित घर बनाइदिनुपर्ने अडानमा स्थानीयवासी छन् । आयोजनाले भने भूकम्प र परकम्पका कारण कमजोर घर अहिले क्षति भएका कारण मागअनुसार क्षतिपूर्ति दिन नसक्ने जिकिर गर्दै आएको छ ।

घर भत्कनुको मुख्य कारण विगतको भूकम्प र त्यसपछिको परकम्प भएको र आयोजनाका कारण केही घरमा मात्र असर परेको प्रतिवेदन दिएका कारण सोहीअनुसार कार्यान्वयन गर्न आफूहरू तयार रहेको आयोजनाका प्रमुख निरञ्जन राउतले बताए ।
भूगर्भविद्ले १२ घरमा बढी क्षति भएको, ९ घरमा सामान्य क्षति भएको तथा सामान्य प्रभावित हुन सक्ने ७ घरमात्रै देखाएको छ ।

 
 
 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।