logo

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा १४ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन 

    1324   पटक पढिएको

३० बैशाख /अर्थ र व्यापार - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासमा १४ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३  दशमलव १७ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहिअवधिमा नाफा १४ करोड ४७ लाख रुपैयाँ कमाएको थियो ।

८८ करोड रुपैयाँ चुक्ता पुँजी भएको लुम्बिनीले जगेडाकोषमा २१ करोड ७१ लाख रुपैयाँ, बीमा कोषमा ५१ करोड ४२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ७५ लाख रुपैयाँ जगेडा छुटाएको छ ।  कम्पनीको आम्दानी २५ करोड १ लाख रुपैयाँ पुगेको छ भने खर्च १० करोड ८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) ४६ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ भने २९ करोड २४ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ । 

कम्पनीको कुल बीमा शुल्क ९० करोड ६९ लाख रुपैयाँ रहेको छ भने कुल दाबी भुक्तानी ५१ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीले यस अबधिमा १ लाख १७ हजार १२६ वटा (संख्या) बीमालेख जारी गरेको छ भने ३ हजार ४४१ वटा (संख्या) भुक्तानी दाबी गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी २२ दशमलब ६२ रुपैयाँ, पि ई अनुपात २२ दशमलब ४६ गुणा, प्रति शेयर नेटवर्थ १ सय ८८ दशमलब ५१ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य ३ सय ७ दशमलव २४ रुपैयाँ रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।