logo

एलआईसि नेपालद्वारा ‘धनवृष्टि’ बीमा योजना सार्वजनिक

    1732   पटक पढिएको

२९ चैत्र /अर्थ र व्यापार - लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना सार्वजानिक गरेको छ । इन्स्योरेन्सले विहीबार एक कार्यक्रम आयोजना गरी ७५ लाख रुपैयाँ सम्मको दुर्घटना लाभ सहित हरेक ३ वर्षमा रकम फिर्ता पाउने बीमा योजना सार्वजनिक गरेको हो ।

विहीबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले योजनाको औपचारिक शुभारम्भ गरेका हुन् । धनवृष्टि जीवन बीमा योजनामा १३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम एक लाख रुपैयाँ कायम गरिएको छ भने अधिकत्तम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १० वा १५ बर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुन्छ । यस्तै १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ ।

बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ । यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पुरै बीमाङ्क रकमको साथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिने नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तियारले जानकारी गराए । यस्तै योजनामा अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध हुने उनको भनाई छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी. दासले विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायिहरु जसले जीवन बीमाको साथै आफ्नो रकमको तरलता चाहनेहरुको लागि उपयुक्त हुने बताए । बीमितले तीन÷तीन वर्षमा नै आफुले लगानी गरेको बीमाशुल्कको ठुलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँगै रहने उनको भनाई छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।