logo

एलआईसीले वितरण प्रस्ताव गरेको बोनस शेयर फागुन २१ गतेसम्म कायम रहने

    1434   पटक पढिएको

१७ फागुन /अर्थ र व्यापार  - लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस शेयर फागुन २१ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र पाउने भएका छन् ।

कम्पनीले चैत ४ गते आह्वान गरेको १६ औं वार्षिक साधारण सभाका लागि कम्पनीले फागुन २१ गते मंगलबारदेखि चैत ४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द निर्णय गरेको छ । सोमबार शिवरात्रीको सार्वजनिक विदा परेकाले आइतबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् । इन्स्योरेन्स कम्पनीले चैत ४ गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे आर्थिक वर्ष २०७३र७४ को साधारण सभा डाकेको हो ।

सभाले १२.६३ प्रतिशत लाभांशका अतिरिक्त प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक निर्धारण र अनुमोदन गर्ने, र आर्थिक वर्ष २०७४र७५ का लागि लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण तथा नियामक निकायको निर्देन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव छलफल गरि पारित गर्नेछ ।

यस्तै सभाले संस्थापक शेयरधनीको तर्फबाट नियुक्त भएका सञ्चालकलाई अनुमोदन समेत गर्नेछ । हाल एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजी रहेको एलआईसीको बोनस पूँजीकरणपछि एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० रुपैयाँ पुग्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।