logo

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने विजयी

    1575   पटक पढिएको

 

 

 

२८ फागुन / अर्थ र व्यापार - रुपन्देही । सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने विजयी भएका छन् । कार्यसमिति सदस्य बाहेक अन्य सबै पदमा कुलप्रसाद प्यानलले विजय प्राप्त गरेको हो । न्यौपानेले ८६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी डा.शान्तकुमार शर्माले ६७३ मत प्राप्त गरे ।

 

त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा भिष्म प्रसाद न्यौपाने विजयी भए । ५९औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिएको हो । न्यौपानेले ९२७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नवराज न्यौपानेले ६४६ मत पाए । उद्योग उपाध्यक्षतर्फ अरुण गोयन्काले ९६१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी शान्ता जिसीले ६४८ मत प्राप्त गरिन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ १ हजार ६८ मत प्राप्त गरी विजयी भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी विनोद खरेलले ४९४ मत प्राप्त गरीे पराजित भएका छन् । महासचिव पदका लागि नेत्रप्रसाद आचार्य १ हजार ९३ मतका साथ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी इम्तियाज अहमदले ४५८ मत प्राप्त गरे । सचिवमा विजय पाण्डेले ९३१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी पशुपति प्रसाद कान्दुले ६८२ मत प्राप्त गरे ।

 

कोषाध्यक्षमा दिलिप कुमार कान्दु ८०८ मतका साथ विजयी भए उनका प्रतिद्वन्द्वी रवि कुमार श्रेष्ठले ७६० मत प्राप्त गरे । त्यसैगरी १० जना वाणिज्य कार्यसमिति सदस्यमा हरिश कुमार सेठिया,धर्म्विर शर्मा, गौरव श्रेष्ठ, संजय कुमार वेरिवाल, प्रितम रौनियार, अर्जुन कार्की, गोपाल भण्डारी, कमल प्रसाद मरासिनी, त्रिलोकी प्रसाद तेली र गंगासागर अग्रहरी निर्बा्चित भए । उद्योग कार्यसमिति ५ जना सदस्यमा गोविन्द ज्ञवाली, मंगल भण्डारी, रमेश घिमिरे, सुरेन्द्र उपाध्याय पौडेल र भुवन कुमार कान्दु चुनिएको निर्वाचन अधिकृत शिव गौडेलले बताए ।

 

कुल २१६७ मतदाता रहेको संघमा १६३९ मत खसेको थियो । एसोसिएट, महिला सदस्य बस्तुग तर्फको सदस्य भने निर्विरोध भए । एशोसिएट सदस्यतर्फ रोहित कुमार अग्रवाल र दिपक कुमार पौडेल चुनिए भने महिला सदस्य उद्योगतर्फ पल्लवी न्यौपाने र वणिज्य तर्फ यमकला न्यौपाने, त्यस्तै वस्तुगत सदस्यमा कृष्ण घिमिरे निर्बिरोध भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।