logo

बिहीबारदेखि काठमाडौं–दिल्ली नियमित हवाई उडान सुरु हुने

    1944   पटक पढिएको


२९ मंसिर/अर्थ र व्यापार– एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत आगामी बिहीबारदेखि काठमाडौं–दिल्ली रुटम नियमित हवाई उडान सुरु हुने भएको छ ।

काठमाडौं–दिल्ली रुटमा नेपाल एयरलाइन्स र एयर इण्डियाले नियमित उडान सुरु गर्न लागेको हो । यो रुटमा १० चैतयता नियमित उडान हुन सकेको छैन ।

निगमले पहिलो चरणमा नेपाल एयरलाइन्सको न्यारोबडी जहाजबाट दैनिक एक जहाज काठमाडौंबाट दिल्लीका लागि उडान गर्ने छ भने दिल्लीबाट यात्रु लिएर काठमाडौं फर्किनेछ । यात्रुको चापसँगै ठूलो जहाज उडाउने तयारी निगमको छ ।

भारतबाट एयर इण्डियाले काठमाडौंमा उडान गर्ने अनुमति पाएको छ । तर एयर इण्डियाले उडान मिति तोकिसकेको छैन ।

सरकारले भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन ।

एयर बबल अवधारणा भारतले कोरोना भाइरसको संक्रमणपछि म्बन्धीत मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी ल्याएको अवधारणा हो । 

यस अवधारणा अन्तर्गत नेपाल आउने यात्रुले यात्र थाल्नु अगाडि नै अन्तराष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने हुन्छ ।

साथै, विमानमा बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिर्पोट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने गरी मन्त्रिपरिषद्ले शर्त तोकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।