logo

जनसवाल पब्लिकेशन र एनएजीसिद्धारा पत्रकार किरणबाबु मरहठ्ठालाई एक लाख नगदसहित सम्मान 

    1716   पटक पढिएको

 

१चैत्र / अर्थ र व्यापार - काठमाडौँ। जनसवाल पब्लिकेशन प्रा.लि र नेपाल विश्व सहयोग संघ (एनएजीसि)ले एनएजीसि पत्रकारिता पुरस्कार–२०१७ प्रदान गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार किरणबाबु मरहठ्ठालाई एक लाख नगदसहित सम्मान प्रदान गरिएको हो । रिपोर्टर्स क्लब नेपालमा जनसवाल पब्लिकेशन प्रा.लि ले आयोजना गरेको सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पुरस्कार तथा सम्मान प्रदान गर्दै पत्रकारिताको क्षेत्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि संघीय संरचना अनुरुप विकास गर्नुपर्ने बताए । 
 उनले भने,‘आजको दिनमा जनसवालजस्तो पत्रिकाले एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्यो, पत्रकारितामा लागेकाहरुको लागि यो भन्दा ठूलो उत्प्रेरणा के हुन सक्छ ? अर्को कुरा एउटा मिडिया हाउसले एनएजिसि संस्थासँगको सहकार्यमा एक लाख रुपैयाँको पुरस्कार प्रदान गर्नु चानचुने कुरा होईन, मेरो आकंलनमा यो पिन्ट्र मिडियाले प्रदान गरेको सबैभन्दा ठूलो पुरस्कार हो, आगामी दिनहरुमा पनि यसरी नै प्रगती र उन्नती गर्दै जानुहोला जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेलाई हार्दिक बधाई तथा शुभकामना दिन्छु ।’
अध्यक्ष आचार्यले भने,‘केही समय अघि प्रदेश नम्बर २ मा सम्पन्न महासंघको बैठकले संघीय संरचनाका आधारमा महासंघलाई अघि बढाउने निर्णय गरेको छ, आगामी बैसाख २२ गते प्रदेशको निर्वाचन हुँदैछ, त्यसमा सहभागी हुन अनुरोध गर्छु, अर्को कुरा साना मिडिया र सञ्चार गृहलाई सरकारले प्रदान गर्ने विज्ञापन समान रुपमा वितरण गर्नुपर्छ भन्नेमा महासंघ लाग्ने छ, जनसवाल राष्ट्रिय दैनिकले जुन किसिमका कामहरु गर्दै आएको छ यसको निरन्तरता दिँदै जाओस् ।’
महासंघमा पारिश्रमिक नपाएर धेरै निवेदनहरु आएको उल्लेख गर्दै आचार्यले भने,‘धेरै मिडियाहरुलाई हामीले भन्नु परेको छ तर यस पत्रिकाले यसरी कर्मचारी पालेर सम्मान गर्नसक्यो, आँफैपनि पत्रकार भएको कारण सम्पादक बगालेले पत्रकारिता र पत्रकारहरुको पीडा बुझ्नुभएको छ, यसरी नै राम्रा काम गर्दै जानुहोला भन्ने मेरो उहाँलाई शुभकामना छ ।’ त्यस्तै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पत्रकारितामा चुनौति र अवसर उत्तिकै भएको टिप्पणी गरे । 
सम्मानित मरहठ्ठालाई शुभकामना दिँदै सभापति धमलाले पत्रकारितामा लाग्ने व्यक्तिले समाजलाई माथि उठाउने र विसंगति–विकृतिको अन्त्य गर्ने लक्ष्य राखेर आउनुपर्ने सुझाव दिए । उनले भने,‘अगामी दिनहरुमा हाम्रो पत्रकारिता जगत फरक रुपमा अघि बढ्नुपर्छ, नेपाली समाजमा भएका विकृति–विसंगतीलाई अन्त्य गर्नको लागि आउनुपर्छ, संख्या भन्दा पनि गुणस्तरलाई ध्यान  दिदै अघि बढ्नुपर्छ, यस जनसवालले जुन काम गर्यो सारै राम्रो काम हो, आगामी दिनहरुमा पनि यस्ता कार्यहरु गर्दै जानुपर्छ, पत्रकारिताको विकास र विस्तारको लागि ठूलो योगदान हुनेछ । 
जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेले पत्रकारहरुको क्षमता बृद्धि तथा उत्प्रेरणाको लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको बताए । उनले भने,‘पत्रकारिताको क्षेत्रमा लागेर निरन्तर समाज र समाजमा रहेका विभेदका आवाजहरु, सत्य सूचनाहरुलाई जनताकोबीचमा ल्याउने पत्रकारहरुको लागि हामीले प्रत्येक वर्ष यस्ता पुरस्कारहरु प्रदान गर्दै आएका छौं ।’ उनले भने,‘आगामी दिनहरुमा पनि यो क्रम जारी रहन्छ, अरु थप विधामा पनि यस्ता खालका पुरस्कारहरु प्रदान गर्नेछौँ, पत्रकारिता समाजको अभिन्न अंग हो, यसमा लागेर समाजको उत्थान र मुलुकको विकासमा टेवा पुर्याउने पत्रकारहरुको लागि हाम्रो टिम सँधै लागि रहनेछ ।’ यस्तै कार्यक्रममा एनएजीसिका अध्यक्ष मणि नेपाली पनेरुले अमेरिकाबाट शुभकामना सन्देश पठाउँदै आफु बाहिर भएपनि आफ्नो मन भने नेपालमै रहेको उल्लेख गरेका छन् । कार्यक्रममा पनेरुले पठाएको पत्र बाचन गरिएको थियो । 
सम्मानित मरहट्ठा विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पुरस्कारबाट सम्मानित भईसकेका छन् । सम्मानित पत्रकार मरहठ्ठाले विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसी र नेयमारलाई नेपाली टोपी उपहार दिएका थिए । यसैगरी पब्लिकेसनले उक्त अवसरमा एनएजीसिका अध्यक्ष मणि नेपाली पनेरुलाई सम्मानपत्र प्रदान गरेको छ । त्यस्तै पब्लिकेसनले प्रमुख अतिथि तथा महासंघका अध्यक्ष गोबिन्द आचार्य, महासंघका महासचिव रमेश विष्ट, रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमला, एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेलगायत संस्थामा कार्यरत पत्रकार तथा कर्मचारीलाईसमेत मायाको चिनो प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।