logo

११ वर्षपछि किन्लेको उत्पादन सुरु

    1929   पटक पढिएको

 

१३ मंसिर / अर्थ र व्यापार - काठमाडौं । ११ वर्षअघि काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा कोकाकोलाको प्लान्टबाट ’किन्ले’ पानी उत्पादन सुरु भयो । उत्पादन सुरु भएको केही समयमै पानीको बोटलमा फङ्गस (ढुसी) भेटियो। बजार अनुगमनमा ढुसी भेटिएपछि वाणिज्य विभागले उत्पादनमा रोक लगायो । उत्पादनमा रोक लगाएपछि कोकाकोलाले पानीको गुणस्तर पुनस् परीक्षणका लागि आग्रह गर्यो । तात्कालिन समयमा उपभोक्ता मञ्चमा आवद्ध रहेका राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले दोस्रो पटक परीक्षण गर्दा पानीमा नभई बोटलमा समस्या देखिएको बताए ।
‘ पानीको पुनपरीक्षण गर्दा कुनै समस्या देखिएन । बोटलमा रहेका धर्सामा केही समयपछि ढुसी देखिने गरेको पाइयो, महर्जनले भने, कोकाकोकाले अन्तर्रा्ष्ट्रिय गुणस्तरको पानी खुवाउँदा खुवाउँदै पनि आफुलाई खोट देखाएको भन्दै मुद्दा फिर्ता लिन विभागलाई दबाब दिएको थियो । तर तत्कालिन वाणिज्य मन्त्रीले मुद्दा फिर्ता लिन ठूलो रकम घुस मागेपछि कम्पनी भारतको गोरखपुरमा गएको थियो ।

तत्कालीन अवस्थामा पनि १० करोड रुपैयाँ लगानी गरेको कोकाकोलाले आफ्नो उद्योग भारतमा लैजाँदा नेपालमा आएको विदेशी लगानी पनि बाहिरियो । सँगसँगै रोजगारी पनि खोसियो । ’नेपालमा सञ्चालित अहिलेका ठूला भनिएका पानी उद्योगले एक करोड रुपैयाँ भन्दा बढी लगानी गरेका छैनन्, महर्जनले भने, धेरै जसो नेपाली पानी उद्योग त दुई चार लाख रुपैयाँ मात्रै लगानी गरेका छन् ।  १० करोड रुपैयाँ लगानी गरेको किन्लेको गुणस्तरमा कुनै कमी थिएन । आफैले बोटल उत्पादन गर्ने कोकाकोलाले बोटलमा भएको समस्या र मुद्दा फिर्ता लिन मन्त्रीले ठूलो रकम घुस मागेपछि कम्पनीले लगानी फिर्ता लिएको थियो ।’उनले कोकाकोलालाई मौका समेत नदिई लगानी निरुत्साहित गएिको बताए ।’वास्तवमा कोकाकोलालाई एक मौका दिनु पर्थ्यो, महर्जनले भने, ’ उसलाई बोटलको गुणस्तर सुधार्न लगाएर उत्पादनलाई निरन्तरता दिनुपर्थ्यो । 

किन्ले मिनरल वाटरले नेपालमा ११ वर्ष पछि पूर्नजन्म पाएको छ । यो कम्पनीले तराईको बोटलर्स नेपालबाट फेरी मिनरल वाटरको उत्पादन थालेको छ । उत्पादन सुरु गर्नु पूर्व कम्पनीले भारतबाट किन्ले मिनरल वाटर ल्याएर बिक्री समेत सुरु गरेको थियो । दुई वर्षअघि भूकम्पका बेलामा कम्पनीले सित्तैमा पानी बाँडेर किन्लेको ब्राण्डिङ सुरु गरेको थियो। राम्रो रेस्पोन्स पाएपछि कम्पनीले अत्याधुनिक प्लान्टबाट पानी उत्पादन थालेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नायक राजेश हमाल, कोकाकोलाका लागि नेपालका कन्ट्री डाईरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित मार्शनेले संयुक्त रुपमा किन्ले पानीको औपचारिक बिक्री शुभारम्भ गरे । प्रति बोटल २५ रुपैयाँ खुद्रा मूल्य रहेको पानी आठ चरणसम्म प्रशोधनपछि बजारमा ल्याउने गरेको कोकाकोलाका लागि नेपालका कन्ट्री डाईरेक्टर सिंहले बताए । नेपालमा अन्तर्रा्ष्ट्रिय गुणस्तरको पानी दिने उदेश्यले किन्लेले उत्पादन सुरु गरेको उनले बताए । कन्लेका ब्राण्ड एम्बेष्डर नायक राजेश हमालले पानीलेनै मानिसलाई स्वस्थ राख्ने भएकाले पानीको गुणस्तरमा सम्झौंता नगर्न आग्रह गरे । किन्लेको पानी उपभोग गरेपछि मात्रै आफु ब्राण्ड एम्बेष्डर बन्न तयार भएको बताउँदै उनले स्वास्थ्यका लागि गुणस्तरसँग सम्झौता गर्न नहुने’ बताए ।
नेपालमा उत्पादन हुने बोटल पानी मध्ये ७५ प्रतिशत पानी दुषित हुने गरेको तथ्याङ्क रहेको भन्दै ब्राण्ड हेरेर मात्र पानी उपभोग गर्नुपर्नेमा हमालले सुझाब दिए । कार्यक्रममा वाटर एडका वरिष्ठ कार्यक्रम प्रबन्धक तथा पानी विज्ञ कविन्द्र पूडासैनी र डब्लुडब्लुएफका वरिष्ठ कार्यक्रम प्रबन्धक घनश्याम गुरुङले नेपालमा पानीको स्रोत सुक्दै गएको भन्दै कोकाकोलासँग पानीलाई रिचार्च गर्ने सहमति भएको समेत बताए । वार्षिक ११० करोड बोटल पानी उत्पादन क्षमता रहेपनि नेपालको माग अनुसार उत्पादन क्षमता र लगानी बढाउँदै लैजाने कम्पनीले जनायो।क्षमता र लगानी बढाउँदै लैजाने कम्पनीले जनायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।