logo

११ वर्षपछि किन्लेको उत्पादन सुरु

    1570   पटक पढिएको

 

१३ मंसिर / अर्थ र व्यापार - काठमाडौं । ११ वर्षअघि काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा कोकाकोलाको प्लान्टबाट ’किन्ले’ पानी उत्पादन सुरु भयो । उत्पादन सुरु भएको केही समयमै पानीको बोटलमा फङ्गस (ढुसी) भेटियो। बजार अनुगमनमा ढुसी भेटिएपछि वाणिज्य विभागले उत्पादनमा रोक लगायो । उत्पादनमा रोक लगाएपछि कोकाकोलाले पानीको गुणस्तर पुनस् परीक्षणका लागि आग्रह गर्यो । तात्कालिन समयमा उपभोक्ता मञ्चमा आवद्ध रहेका राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले दोस्रो पटक परीक्षण गर्दा पानीमा नभई बोटलमा समस्या देखिएको बताए ।
‘ पानीको पुनपरीक्षण गर्दा कुनै समस्या देखिएन । बोटलमा रहेका धर्सामा केही समयपछि ढुसी देखिने गरेको पाइयो, महर्जनले भने, कोकाकोकाले अन्तर्रा्ष्ट्रिय गुणस्तरको पानी खुवाउँदा खुवाउँदै पनि आफुलाई खोट देखाएको भन्दै मुद्दा फिर्ता लिन विभागलाई दबाब दिएको थियो । तर तत्कालिन वाणिज्य मन्त्रीले मुद्दा फिर्ता लिन ठूलो रकम घुस मागेपछि कम्पनी भारतको गोरखपुरमा गएको थियो ।

तत्कालीन अवस्थामा पनि १० करोड रुपैयाँ लगानी गरेको कोकाकोलाले आफ्नो उद्योग भारतमा लैजाँदा नेपालमा आएको विदेशी लगानी पनि बाहिरियो । सँगसँगै रोजगारी पनि खोसियो । ’नेपालमा सञ्चालित अहिलेका ठूला भनिएका पानी उद्योगले एक करोड रुपैयाँ भन्दा बढी लगानी गरेका छैनन्, महर्जनले भने, धेरै जसो नेपाली पानी उद्योग त दुई चार लाख रुपैयाँ मात्रै लगानी गरेका छन् ।  १० करोड रुपैयाँ लगानी गरेको किन्लेको गुणस्तरमा कुनै कमी थिएन । आफैले बोटल उत्पादन गर्ने कोकाकोलाले बोटलमा भएको समस्या र मुद्दा फिर्ता लिन मन्त्रीले ठूलो रकम घुस मागेपछि कम्पनीले लगानी फिर्ता लिएको थियो ।’उनले कोकाकोलालाई मौका समेत नदिई लगानी निरुत्साहित गएिको बताए ।’वास्तवमा कोकाकोलालाई एक मौका दिनु पर्थ्यो, महर्जनले भने, ’ उसलाई बोटलको गुणस्तर सुधार्न लगाएर उत्पादनलाई निरन्तरता दिनुपर्थ्यो । 

किन्ले मिनरल वाटरले नेपालमा ११ वर्ष पछि पूर्नजन्म पाएको छ । यो कम्पनीले तराईको बोटलर्स नेपालबाट फेरी मिनरल वाटरको उत्पादन थालेको छ । उत्पादन सुरु गर्नु पूर्व कम्पनीले भारतबाट किन्ले मिनरल वाटर ल्याएर बिक्री समेत सुरु गरेको थियो । दुई वर्षअघि भूकम्पका बेलामा कम्पनीले सित्तैमा पानी बाँडेर किन्लेको ब्राण्डिङ सुरु गरेको थियो। राम्रो रेस्पोन्स पाएपछि कम्पनीले अत्याधुनिक प्लान्टबाट पानी उत्पादन थालेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नायक राजेश हमाल, कोकाकोलाका लागि नेपालका कन्ट्री डाईरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित मार्शनेले संयुक्त रुपमा किन्ले पानीको औपचारिक बिक्री शुभारम्भ गरे । प्रति बोटल २५ रुपैयाँ खुद्रा मूल्य रहेको पानी आठ चरणसम्म प्रशोधनपछि बजारमा ल्याउने गरेको कोकाकोलाका लागि नेपालका कन्ट्री डाईरेक्टर सिंहले बताए । नेपालमा अन्तर्रा्ष्ट्रिय गुणस्तरको पानी दिने उदेश्यले किन्लेले उत्पादन सुरु गरेको उनले बताए । कन्लेका ब्राण्ड एम्बेष्डर नायक राजेश हमालले पानीलेनै मानिसलाई स्वस्थ राख्ने भएकाले पानीको गुणस्तरमा सम्झौंता नगर्न आग्रह गरे । किन्लेको पानी उपभोग गरेपछि मात्रै आफु ब्राण्ड एम्बेष्डर बन्न तयार भएको बताउँदै उनले स्वास्थ्यका लागि गुणस्तरसँग सम्झौता गर्न नहुने’ बताए ।
नेपालमा उत्पादन हुने बोटल पानी मध्ये ७५ प्रतिशत पानी दुषित हुने गरेको तथ्याङ्क रहेको भन्दै ब्राण्ड हेरेर मात्र पानी उपभोग गर्नुपर्नेमा हमालले सुझाब दिए । कार्यक्रममा वाटर एडका वरिष्ठ कार्यक्रम प्रबन्धक तथा पानी विज्ञ कविन्द्र पूडासैनी र डब्लुडब्लुएफका वरिष्ठ कार्यक्रम प्रबन्धक घनश्याम गुरुङले नेपालमा पानीको स्रोत सुक्दै गएको भन्दै कोकाकोलासँग पानीलाई रिचार्च गर्ने सहमति भएको समेत बताए । वार्षिक ११० करोड बोटल पानी उत्पादन क्षमता रहेपनि नेपालको माग अनुसार उत्पादन क्षमता र लगानी बढाउँदै लैजाने कम्पनीले जनायो।क्षमता र लगानी बढाउँदै लैजाने कम्पनीले जनायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।