logo

कालिका पावर कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

    2029   पटक पढिएको

१७ फागुन /अर्थ र व्यापार  - गत भदौमा सर्वसाधारणमा साधारण शेयर जारी गरेको कालिका पावर कम्पनीले चैत ८ गते ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर–१० चितवनमा बिहान ११ बजे बोलाएको हो ।

साधारण सभामा कम्पनीले सर्वसाधारण २ जना तथा एक जना संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने, आर्थिक वर्ष २०७४र०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत गर्ने, र वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ । यसअनुसार फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

आईपिओ बिक्री गरी ६० करोड रुपैयाँ चुक्ता पूँजी बनाएको कालिका पावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले ९ करोड ४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७८ पैसा छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।