logo

निर्माणाधीन कालंगा गाड जलविद्युत आयोजनाको काम अनिश्चित कालका लागि बन्द 

    2138   पटक पढिएको

६ माघ /अर्थ र व्यापार– निजी क्षेत्रको लगानीमा निर्माणाधीन सुदूरपश्चिम प्रदेशको बझाङको बुंगल नगरपालिकाको कालंगा गाड जलविद्युत आयोजनाको काम अनिश्चित कालका लागि बन्द भएको छ । बुंगल नगरपालिका वडा नम्बर–२ गिरौका स्थानीय बासिन्दाहरुले जलविद्युत आयोजनाको काममा अवरोध गरेपछि कालंगा गाड जलविद्युत आयोजनाको काम रोकिएको हो । 

जलविद्युत आयोजनाको टनेल निर्माणका क्रममा गाउँका सबै खानेपानीका मुहानहरु र सिँचाई गर्ने मुहानहरु सुकेपछि यहाँका स्थानीय बासिन्दाहरुले जलविद्युत आयोजनाको काममा अवरोध गरेकोे  स्थानीय बासिन्दा हिक्मत धामीले बताए । गाउँमा रहेका खानेपानीका मुहानहरु र पानीका कुवा सुक्नुका साथै खेतीयोग्य जमिनमा लाग्ने पानीका सबै मुहानहरु सुकेपछि आफूहरुले खानेपानीको र सिँचाई कुलोको व्यवस्था गरिदिनुपर्ने मागसहित आन्दोलन गर्नुपरेको धामीले बताए । झण्डै ६० परिवारको खेतीयोग्य जमिनमा सिँचाई गर्ने पानीको मुहान नै सुकेपछि हाल ती जमिन बाँझै रहेको धामीले बताए । 

आयोजनाले सिँचाई र खानेपानीको व्यवस्था गर्नुपर्ने, स्थानीयलाई पूर्वशर्तअनुसार शेयर सुविधा दिनुपर्ने, वातावरणीय प्रदूषण कम गर्ने उपाय अवलम्बन गनुपर्ने, प्रभावित जग्गा धनीलाई मागअनुसार मुआब्जा दिनु पर्ने लगायतका विभिन्न माग राख्दै आफूहरुले आन्दोलन गर्दै आएको संयोजक धामीले बताए । 

आयोजनाका सञ्चालक खगेश्वर बोहराले भने प्रभावित जग्गा धनीलाई सरकारी मूल्य अनुसार मात्र मुआब्जा दिने अधिकार आफूहरुलाई भएको बताए । मन्त्रीपरिषद्बाट निर्णय गराएर मात्रै मुआब्जा व्यवस्था गर्न सकिने उनको भनाइ छ  । सिँचाईँ, खानेपानी र शेयर दिने कुरामा आफूहरु सकारात्मक रहेको उनले बताए  । खानेपानीको व्यवस्था एक वर्ष अघि नै ७० लाख खर्च गरेर ७ किमि टाढा बाट खानेपानीको ब्यावस्था गरिसकेको र सिँचाईको पनि व्यवस्था गर्ने कुरामा आफूहरु तयार रहेको कालंगा हाइड्रो प्रालिका संस्थापक विरेन्द्र मल्लले बताए । 

हाल आयोजनाको झण्डै ४५ प्रतिशत काम सकिएको सञ्चालक खगेश्वर बोहरा  बताए । कालंगा हाइड्रोपावरमा माछापुच्छ्रे बैंक, एनएमबी विकास बैंक, सिभिल बैंक र व्यक्तिगत गरी एक हजार तीन सय करोड रुपैयाँ लगानी रहेको छ । काम पूरा भएपछि यहाँबाट उत्पादित बिजुली दार्चुलाको चमेलिया विद्युत प्रसारण लाइनमा जोडिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।