logo

कजाक ब्रिटिस टेक्निकल विश्वविद्यालय र द ब्रिटिस कलेज काठमाडौंबीच सम्झौतापत्रमा हस्ताक्षर

    1698   पटक पढिएको

१९ असार / अर्थ र व्यापार - काठमाडौंकोे ‘द ब्रिटिस कलेज’ र कजाकिस्तानमा रहेको कजाक ब्रिटिस टेक्निकल युनिभर्सिटीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा टिबिसीका संस्थापक तथा सीईओ राजन कँडेल र केबिटियुका रेक्टरबीच हस्तारक्षर भएको हो । यो सम्झौतापत्र हस्ताक्षर भएसँगै विद्यार्थीहरूले एक्सचेन्ज प्रोगाममा भाग लिन पाउनेछन् । केबिटियु र टिबिसीका विद्यार्थी दुवैले एकअर्काको शैक्षिक संस्थाहरूमा भ्रमण गर्न पाउनेछन् । यसका साथै कजाकिस्तानमा रहेको ब्रिटिस विश्वविद्यालयबाट सम्बन्धन शैक्षिक संस्थाबाट दोहोरो डिग्री लिनसक्ने सम्भावना पनि छ । सम्झौतापत्रमा दुई पक्षकाबीच एउटा गैर–बाध्यकारी सम्झौता छ जुन बाध्यकारी सम्झौताको पालन गर्नका लागि छिट्टै नै सम्भावित सर्तहरूको निर्धारण गरिनेछ । 

उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा रेक्टर केन्जहेवेक, रिसर्च र इनोभेसनका सह रेक्टर मारतबेक गावडुलिन, इन्टरनेसनलाइजेसनका सह रेक्टर मुहमम्द सेराज, म्यानेजिङ डाइरेक्टर अजमत मुरातोभ, बिजनेस स्कुलकी सह–डिन मदिना बिगाबाटोभा, इन्फरमेशन टेक्नोलोजी फ्याकल्टीका सहायक डिन अलिबेक बिसेमबायब, आइडिसीका निर्देशक असेल अकजालोभा, पोस्टग्राजुयट स्टडी सेन्टरका प्रमुख गुल्जीरा यस्टेकोभाको उपस्थिति थियो । 
यो सम्झौतापत्र अनुसार विद्यार्थी एक्सचेन्ज कार्यक्रमले टिबिसीका विद्यार्थीहरूले केबिटियुबारे भ्रमण गरेरै जानकारी लिन सक्नेछन् । त्यस्तै केबिटियुका विद्यार्थीहरूले पनि नेपाल र दुबईमा भ्रमण गर्न सक्नेछन् । यो महत्वपूर्ण कदमले नेपाल र भारतका विद्यार्थीहरूले रोजगारीको अवसर पनि पाउने छन् । यो सम्झौताले दुई देशको शिक्षा क्षेत्रमा फलदायी प्रभाव पार्ने अनुमान गरिएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।