logo

काबेली ‘ए’ जलबिद्युत परियोजनाको बैंक ग्यारेन्टीको रकम सानिमा बैंकद्वारा फिर्ता

    1446   पटक पढिएको

१९ जेठ /अर्थ र व्यापार - काबेली ’ए’ जलबिद्युत परियोजनाको बैंक ग्यारेन्टीको रकम सानिमा बैंकले फिर्ता पाएको छ । बुटवल पावर कम्पनी मूख्य प्रबर्द्धक रहेको बैंक अफ चाइनाको ’काउन्टर ग्यारेन्टी’ मा नेपालको सानिमा बैंकले काबेलीलाई ग्यारेन्टी उललब्ध गराएको थियो । त्यसबापत बैंकले ५ मिलियन डलर (आजको भाउमा करिव ५६ करोड रुपैयाँ) ग्यारेन्टी गरेको थियो । काबेलीको ठेकेदार चिनियाँ कम्पनी हो । कम्पनीले काम नगरेपछि काबेलीमा केही समयदेखि समस्या देखिएको थियो । 

ग्यारेन्टी बापतको रकम उठाउन सानिमा बैंकले दावी गरेको पाँच दिनमै बैंक अफ चाइनाले सबै पैसा दिएको हो । बैंकले ग्यारेन्टी उपलब्ध गराउनुअघि बैंक अफ चाइनासँग ’भोलि कुनै समस्या आए त्यसको उजुरबाजुर नेपाली कानुन अनुसार हुने’ भन्ने सम्झौंता गरेको थियो । त्यसो हुँदा बैंक अफ चाइनाले सानिमा बैंकले दावी गरेको पैसा सजिलै उपलब्ध गराएको हो ।

ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रस्थित काबेली नदीबाट बिजुली उत्पादन गर्ने ठेक्का चिनियाँ कम्पनीले पाएको थियो। करिव साढे ३७ मेगावाटको परियोजनामा बुटबल पावर कम्पनीको ५६ र बाँकी ४४ प्रतिशत शेयर सिङ्गापुरको इन्फ्रा कम्पनीको छ । १० अर्ब रुपैयाँ लागत अनुमानको परियोजनामा पछिल्लो समयमा ठेकेदारसँग बिबाद थियो । चिनियाँ बैंकको काउन्टर ग्यारेन्टीमा काम गरेका नेपालका दुई बैंक भने अझै समस्यामुक्त भइसकेका छैनन् । मेलम्ची खानेपानी आयोजनामा हिमालयन र बैंक अफ काठमाण्डूले ग्यारेन्टी गरेको ऋण डुबिरहेको छ। चीनकै अदालतमा मुद्दा परेको छ । अन्तिम फैसला आउन बाँकी रहेको दुबै बैंकले जनाएका छन् । उनीहरुका अनुसार फैसला नेपाली बैंकको पक्षमा हुने सम्भावना छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।