logo

ज्योति लाईफ इन्स्योरेन्सद्वारा स्वास्थ्य सेवामा साझेदारी गर्न २ अस्पतालसंग सम्झौता

    1092   पटक पढिएको

२१ जेठ / अर्थ र व्यापार - कैलाली स्थित माया मेट्रो अस्पताल र भरतपुर – १०, चितवन स्थित चितवन मेडिकल कलेजसँग ज्योति लाईफ इन्स्योरेन्सले स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा छुट्टा छुट्टै सम्झौता सम्पन्न गरेको छ ।

कम्पनीले आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त देशको सम्पुर्ण प्रदेशहरुमा अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा सो सम्झौता गरिएको जनाएको छ । उक्त अलग अलग सम्झौताहरुमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र माया मेट्रो अस्पतालको तर्फबाट मेडिकल डाईरेक्टर डा. मोहन साउदले हस्ताक्षर गरेका थिए । चितवन मेडिकल कलेजको तर्फबाट मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गरेका थिए ।

सम्झौता पश्चात कम्पनीसँग आबद्ध चितवन तथा धनगढी लगायत आसपास क्षेत्रका महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।