logo

तेस्रो साधारण सभा गर्दै ज्योति लाइफ, आईपीओ जारी गर्ने प्रस्ताव पारित हुने 

    1474   पटक पढिएको


२५ कात्तिक/अर्थ र व्यापार– ज्योति लाइफ इन्स्योरेन्सको भोली कात्तिक २६ गते बुधवार तेस्रो साधारण सभा हुने भएको छ ।  

कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा भोली विहान ११ः३० बजेबाट साधारण सभा शुरु हुने कम्पनीले जनाएको छ । 

सभाले आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन पारित गर्नुका साथै सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्तावसमेत पारित गर्ने कम्पनीले बताएको छ । कम्पनीले सर्वसाधारणका लागि थप रू. ६६ करोड बराबरको आईपीओ विक्री गर्नेछ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ७ करोड २२ लाख २२ हजार खुद नाफा गरेको छ । हाल कम्पनीको संस्थापकतर्फको बाट चुक्ता पूँजी रू. १ अर्ब ५४ करोड रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ४६ करोड ५ लाख ३४ हजार छ । 
विसं २०७४ साल भदौ १९ गतेदेखि बीमा बजारमा कारोबार शुरु गरेको ज्योती लाईफले पहिलो त्रैमाससम्म रू. ३ अर्ब ७३ करोड ७७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । 

कम्पनीको हाल प्रतिशेयर आम्दानी रू. १८ दशमलव ७६ र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव २३ रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।