logo

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३७ लाख १४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

    1314   पटक पढिएको

२२ पुस /अर्थ र व्यापार - जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (JHDCL) को ३७ लाख १४ हजार कित्ता शेयर आज (पुस २२ गते) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीले आईपिओपछि कायम भएको चुक्त्ता पूँजी बराबरको शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत जेठमा आयोजना प्रभावित क्षेत्र इलामका स्थानीय र गत मंसिरमा आम सर्वसाधारणहरुलाई गरि जारी पूँजीको ४९ प्रतिशत अर्थात १८ लाख १९ हजार ८६० कित्ता शेयर बिक्री गरेको थियो । 
जोशी हाइड्रोपावरले जेठमा इलामका स्थानीयका लागि ३ लाख ७१ हजार ४०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो । सो आइपिओमा एक लाख २९ हजार ३९० कित्ता शेयर मात्र बिक्री भएको थियो भने दुई लाख ४२ हजार १० कित्ता शेयर अवितरित भएको थियो ।

यसपश्चात गत मंसिरमा इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको सहित १६ लाख ९० हजार ४७० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरि मंसिर २५ गते बाँडफाँड गरेको थियो । चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गरेको छ । चुक्ता पूँजीको बाँकी ५१ प्रतिशत शेयर स्वामित्व संस्थापकको छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ । कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपिओ निष्काशन गर्न सार्वजनिक गरेको आह्वानपत्र (विवरणपत्र) मा यस कम्पनीमा गरिएको लगानी उठाउन ११ वर्ष समयावधि लाग्ने कम्पनीले प्रक्षेपण  प्रकाशन गरेको थियो ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा सञ्चालन गरिरहेको तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने उल्लेख छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ । अपर पुवा १ जलविद्युत आयोजनाको मुख्य लगानीकर्तामा गंगाप्रसाद जोशी, विरेन्द्रबहादुर न्यौपाने, माधव कार्की, रुकमणि राजभण्डारी, शशी कार्की, शिवरतन शारदा, रञ्जना दाहाल रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।