logo

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३७ लाख १४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

    1624   पटक पढिएको

२२ पुस /अर्थ र व्यापार - जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (JHDCL) को ३७ लाख १४ हजार कित्ता शेयर आज (पुस २२ गते) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीले आईपिओपछि कायम भएको चुक्त्ता पूँजी बराबरको शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत जेठमा आयोजना प्रभावित क्षेत्र इलामका स्थानीय र गत मंसिरमा आम सर्वसाधारणहरुलाई गरि जारी पूँजीको ४९ प्रतिशत अर्थात १८ लाख १९ हजार ८६० कित्ता शेयर बिक्री गरेको थियो । 
जोशी हाइड्रोपावरले जेठमा इलामका स्थानीयका लागि ३ लाख ७१ हजार ४०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो । सो आइपिओमा एक लाख २९ हजार ३९० कित्ता शेयर मात्र बिक्री भएको थियो भने दुई लाख ४२ हजार १० कित्ता शेयर अवितरित भएको थियो ।

यसपश्चात गत मंसिरमा इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको सहित १६ लाख ९० हजार ४७० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरि मंसिर २५ गते बाँडफाँड गरेको थियो । चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गरेको छ । चुक्ता पूँजीको बाँकी ५१ प्रतिशत शेयर स्वामित्व संस्थापकको छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ । कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपिओ निष्काशन गर्न सार्वजनिक गरेको आह्वानपत्र (विवरणपत्र) मा यस कम्पनीमा गरिएको लगानी उठाउन ११ वर्ष समयावधि लाग्ने कम्पनीले प्रक्षेपण  प्रकाशन गरेको थियो ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा सञ्चालन गरिरहेको तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने उल्लेख छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ । अपर पुवा १ जलविद्युत आयोजनाको मुख्य लगानीकर्तामा गंगाप्रसाद जोशी, विरेन्द्रबहादुर न्यौपाने, माधव कार्की, रुकमणि राजभण्डारी, शशी कार्की, शिवरतन शारदा, रञ्जना दाहाल रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।