logo

इन्द्रमान तुलाधरको एन्फा अध्यक्ष पदमामा उम्मेदवारी दिने घोषणा

    1694   पटक पढिएको

 

 

४ पुस / अर्थ र व्यापार - काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व सीईओ इन्द्रमान तुलाधरले एन्फा कार्यसमितिको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।


तुलाधर सीईओ पद छाडेर हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ प्रदेशसभा ख मा कांग्रेसबाट उम्मेदवार बनेका थिए तर, पराजित भएका थिए । ए डिभिजन क्लब संकटाका अध्यक्ष समेत रहेका तुलाधरले जिल्ला र ए डिभिजन क्लवका नेतृत्वसँग उम्मेदवारीबारे छलफलमा रहेको अनलाइनखवरलाई बताए । उनले भने, ‘आउने चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिने सोचेको छु ।’

२०५८ सालमा एन्फा केन्द्रीय सदस्यको रुपमा मनोनित भएका उनी २०६५ सालमा एन्फाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए । एन्फाबृतमा उनी ‘सफ्ट लाइनर’का रुपमा चिनिन्छन् । पछिल्लो समय एन्फामा भइरहेका विवादका बीच उनले मध्यस्थताको भूमिका निर्वाह गर्दै आएका थिए ।

अध्यक्षमा उम्मेदवारी घोषणासँगै तुलाधरले मैदानभित्र र बाहिर पनि अस्तव्यस्त बनेको नेपाली फुटबललाई पुरानै लयमा फर्काउने एजेण्डा अघि सारेका छन् । ‘मुख्यतः भूकम्पपछि नै रोकिइरहेको फुटबल गतिविधिलाई पुनः सुरु गर्नु मेरो पहिलो काम हुनेछ, तुलाधरले अनलाइनखबरसँग भने, ‘क्लबहरु फुटबलका मेरुदण्ड हुन्, क्लवको व्यवसायिकता पनि मेरो प्राथमिकतामा पर्नेछ ।’ समुदायमा आधारित क्लबहरु सञ्चालन गर्ने र निजीक्षेत्रलाई समावेश गराएर व्यवसायिकता अभिबृद्धि गर्ने योजना उनले सुनाए । ‘प्रत्येक क्लबको आफ्नै मैदान र आफ्नै एकेडेमी सञ्चालन गर्नसक्ने बनाउनुपर्छ’ उनले भने ।

‘अहिले क्लबका पदाधिकारी भन्दा खेलाडीको जीवनशैली बिलासी बन्दै गइरहेको अवस्था छ, क्लब र खेलाडी दुवैको समान स्तरोन्नतिका लागि क्लबलाई बलियो बनाउनु जरुरी छ ।’ मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा सातैवटा प्रदेशमा फुटबल लिग सञ्चालन गर्ने तथा केन्द्रीय लिगलाई निरन्तरता दिएर अन्तर्रा्ष्ट्रिय स्तरमा फुटबलको सिजन सञ्चालन गर्ने तुलाधरको योजना छ ।

उनले प्रत्येक प्रदेशमा कम्तिमा एउटा एकेडेमी सञ्चालन गर्ने एजेण्डा पनि प्रस्तुत गरेका छन् । ‘सबै प्रदेशमा एन्फाकै लगानी र व्यवस्थापनमा एकेडेमी सञ्चालन गर्न नसकिएला तर परोक्ष सहयोग गरी एकेडेमी चलाउने व्यवस्था गरिनेछ, फुटबलमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न सबै प्रयास गरिन्छ’ तुलाधरले भनेका छन् ।

भूकम्पले क्षति र्पुयाएको एकमात्र अन्तर्रा्ष्ट्रिय स्तरको रंगशाला पुनर्निर्माणका लागि लामो समय बितिसक्दा पनि खासै प्रगति नभएकोमा उनले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘काठमाडौंमा त्यस्ता धेरै मैदानहरु छन् जसलाई अन्तर्रा्ष्ट्रिय स्तरको फुटबल मैदान वा रंगशाला बनाउन सकिन्छ, नेतृत्व पाएको खण्डमा मैले रंगशाला निर्माणलाई प्राथमिकतामा राख्नेछु ।’

दुई पटक मिति सारेर एन्फाको निर्वाचन आगमी चैत १४ गते हुने भएको छ । सुरुमा पुस २३, त्यसपछि माघ ११ हुँदै एन्फाको पछिल्लो बैठकले चैत १४ मा गर्ने निर्णय गरेको छ । विश्व फुटबल महासंघ फिफाले समयमै चुनाव सम्पन्न गराउन निर्देशन दिएपछि एन्फाले चुनाव सार्ने निर्णय गरेको थियो ।

एन्फाका अनुसार चुनाव सर्नुको मुख्य कारण आन्तरिक तयारी नै हो । पुस ५ अर्थात भोलिदेखि एक महिनासम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गराउने गरी एन्फाले सम्बन्धित जिल्लामा परिपत्र गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।