logo

बीमा समितिद्वारा बिमा कम्पनीहरुलाई तत्काल सिइओ नियुक्त गर्न दबाब

    1401   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार - कुनै समय प्रमुख कार्यकारी अधिकृत (सिइओ) नपाएर हैरान भएका बीमा कम्पनीहरुले सिइओ पाउन थालेका छन् । अधिकांश कम्पनीले कामु सिइओ र महाप्रबन्धकलाई सिइओ बनाएका छन् भने केही कम्पनीले नयाँ सिइओ भित्र्याएका छन् । अहिले संचालनमा रहेकामध्ये ५ बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त हुन सकेको छैन । संचालनमा रहेका ३८ कम्पनीमध्ये अरुले सिइओ नियुक्त गरिसकेका छन् ।

अझै पनि ज्योति लाइफ, सन नेपाल, प्रभु लाइफ, सानिमा लाइफ र जनरल इन्स्योरेन्स कम्पनीले सिइओ नियुक्त गर्न सकेका छैनन् । लामो समयदेखि सिइओ खाली रहेको नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले महाप्रबन्धकको जिम्मेवारीमा रहेका भरत बस्नेतलाई नै सिइओको जिम्मेवारी दिएको छ । यस्तै कामु सिइओ रहेका योगशभक्त बादे श्रेष्ठलाई आइएइ जनरलले सिइओ बनाएको छ । अभिजित घोषले कामु सिइओको रुपमा चलाएको लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) ले नयाँ सिइओ नियुक्तीको प्रक्रिया अगाडि बढाएर स्वीकृतिका लागि बीमा समिति पठाएको छ ।

यस्तै सिइओ खाली रहेको एनएलजी इन्स्योरेन्सले काम सिइओ सुनिलबल्लभ पन्तलाई नै सिइओ बनाएको छ । सिद्धार्थ इन्स्योरेन्समा कामु सिइओकै रुपमा काम गरिरहेका बीरेन्द्र बैदवारले सिइओको जिम्मेवारी पाएका छन् । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि प्रबन्ध निर्देशक (एमडी) राजेश कुमार श्रेष्ठलाई सिइओ बनाइ सकेको छ । आइएमइ लाइफ इन्स्यारेन्स कम्पनीले सिइओको रुपमा श्रीचन्द्र भट्टलाई भित्र्याएको छ । सानिमा जनरल इन्स्योरेन्सले भने महाप्रबन्धक सुबोधलाल श्रेष्ठलाई नै सिइओको जिम्मेवारी दिएको छ । बीमा समितिले कम्पनीहरुलाई तत्काल सिइओ नियुक्त गर्न दबाब दिइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।