logo

बीमा समितिद्वारा बिमा कम्पनीहरुलाई तत्काल सिइओ नियुक्त गर्न दबाब

    1766   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार - कुनै समय प्रमुख कार्यकारी अधिकृत (सिइओ) नपाएर हैरान भएका बीमा कम्पनीहरुले सिइओ पाउन थालेका छन् । अधिकांश कम्पनीले कामु सिइओ र महाप्रबन्धकलाई सिइओ बनाएका छन् भने केही कम्पनीले नयाँ सिइओ भित्र्याएका छन् । अहिले संचालनमा रहेकामध्ये ५ बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त हुन सकेको छैन । संचालनमा रहेका ३८ कम्पनीमध्ये अरुले सिइओ नियुक्त गरिसकेका छन् ।

अझै पनि ज्योति लाइफ, सन नेपाल, प्रभु लाइफ, सानिमा लाइफ र जनरल इन्स्योरेन्स कम्पनीले सिइओ नियुक्त गर्न सकेका छैनन् । लामो समयदेखि सिइओ खाली रहेको नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले महाप्रबन्धकको जिम्मेवारीमा रहेका भरत बस्नेतलाई नै सिइओको जिम्मेवारी दिएको छ । यस्तै कामु सिइओ रहेका योगशभक्त बादे श्रेष्ठलाई आइएइ जनरलले सिइओ बनाएको छ । अभिजित घोषले कामु सिइओको रुपमा चलाएको लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) ले नयाँ सिइओ नियुक्तीको प्रक्रिया अगाडि बढाएर स्वीकृतिका लागि बीमा समिति पठाएको छ ।

यस्तै सिइओ खाली रहेको एनएलजी इन्स्योरेन्सले काम सिइओ सुनिलबल्लभ पन्तलाई नै सिइओ बनाएको छ । सिद्धार्थ इन्स्योरेन्समा कामु सिइओकै रुपमा काम गरिरहेका बीरेन्द्र बैदवारले सिइओको जिम्मेवारी पाएका छन् । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि प्रबन्ध निर्देशक (एमडी) राजेश कुमार श्रेष्ठलाई सिइओ बनाइ सकेको छ । आइएमइ लाइफ इन्स्यारेन्स कम्पनीले सिइओको रुपमा श्रीचन्द्र भट्टलाई भित्र्याएको छ । सानिमा जनरल इन्स्योरेन्सले भने महाप्रबन्धक सुबोधलाल श्रेष्ठलाई नै सिइओको जिम्मेवारी दिएको छ । बीमा समितिले कम्पनीहरुलाई तत्काल सिइओ नियुक्त गर्न दबाब दिइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।