logo

पशु निर्देशनालयमा प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा  बस्ने

    1447   पटक पढिएको

 

 

५ माघ / अर्थ र व्यापार - प्रदेश १ को मुकाम विराटनगर तोकिएसँगै प्रदेश प्रमुखको कार्यालय र निवास राख्नका लागि भवन खोजी सुरु भएको छ । नवनियुक्त प्रदेशप्रमुखले शुक्रबार साँझ राष्ट्रपति समक्ष सपथ लिनेछन् । प्रदेश १ को प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा नियुक्त भएका छन् ।

सुब्बाले सपथ लिए लगतै कार्यालय संञ्चालन गर्न कर्मचारी आउनेछन् । प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय पशु निर्देशनालयमा राखिने तयारी छ । प्रदेश प्रमुखको आवास पनि त्यही कार्यालयमा बनाइनेछ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले तत्कालका लागि प्रदेश प्रमुखको कार्यालय र निवास क्षेत्रिय पशु निर्देशनालय हुने बताए ।

तर, प्रदेशसभा वैठक कहाँ बस्ने अझै तय भएको छैन । जिल्ला समन्यवय समितिको कार्यालय वा वीरेन्द्र सभागृहमध्ये एक कार्यालयलाई पदेशसभा बैठक स्थल बनाइने पौडेलले जानकारी दिएका छन् । प्रदेश सभा सदस्य र विराटनगर महानगरपालिकाको समन्वयमा यो तय हुने गरिनेछ । पौडेलले भने, ‘केन्द्रबाट कुनै रकम आएको छैन । तत्काललाई कार्यालयको आन्तरिक स्रोत परिचालन गरी आवश्य मर्मत सम्हार गरिनेछ ।’

सहरी विकास मन्त्रालयको टोलीले यसअघि विराटनगरमा उपलब्ध विभिन्न १२ वटा सरकारी कार्यालयमा मुख्यमन्त्रीको कार्यालय, अन्य मन्त्रालय र मन्त्रीहरुको आवास राख्न सकिने सिफारिस गरेको थियो । विराटनगरमा रहेका कार्यालयहरु मर्मतका लागि २१ करोड लाग्ने अध्ययन टोलीको अनुमान छ ।

अध्ययन समितिले क्षेत्रीय कृषि निर्देशनालयलाई मुख्यमन्त्रीको कार्यालय र निवास बनाउन तथा विरेन्द्रसभा गृहलाई प्रदेशसभा बैठक हलको रुपमा प्रयोग गर्न सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।