logo

आईएमई जनरल इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलामीमा बिक्रि खुल्ला

    1383   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार - आईएमई जनरल इन्स्योरेन्सले हकप्रदमा अवितरित शेयर फागुन २२ गते (आज) देखि लिलामी बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले हकप्रदमा बिक्री नभएको एक लाख २ हजार ३६४ कित्ता शेयर लिलामी बढाबढमा बिक्री खुला गरेको हो । इन्स्योरेन्सले गत पुसमा चुक्ता पूँजीको ८० प्रतिशत अर्थात ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो। जसमा एक लाख ७६६ कित्ता साधारण र एक हजार ५९८ कित्ता संस्थापक गरि कूल एक लाख २ हजार ३६४ कित्ता अवितरित भएको थियो। सोही शेयर अहिले लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले रितपुर्वक आवेदन गर्ने २ हजार ८४२ जना शेयरधनीहरुलार्य ४२ लाख १७ हजार ६३६ कित्ता शेयर बाडँफाँड गरिएको थियो । लिलामी शेयरमा ग्लोबल आईएमई क्यापिटल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, हेटौंडा, बुटबल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी, र पोखराबाट फागुन ३० गते बिहीबारसम्म लिलामी शेयरमा बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र भर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर  पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा फागनु २१ गते मंगलबार प्रतिकित्ता ३९६ रूपैयाँमा कारोबार भएको छ । लिलामी शेयरमा बोलपत्र पेश गर्दा दोस्रो बजारमा कम्पनीको शेयर कति मूल्यमा खरिद भैरहेको छ सोही अनुरुपको मूल्य कबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । ताकि कटअफ मूल्य हाराहरीमा नै शेयर प्राप्त गर्न सकियोस् । हाल इन्स्योरेन्सको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ। हकप्रद पूँजीकरण पश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन अनुसार कम्पनीले न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न अझै २ करोड ८० लाख रुपैयाँ पूँजी वृद्धि गर्नेपर्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात २०.८४ गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।