logo

नेपाल विद्युत् प्राधिकरणले पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता

    1467   पटक पढिएको

२ पुस/ अर्थ र व्यापार  - नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरिद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् ।

प्राधिकरणले सम्झौता गरेको ती आयोजना निजी क्षेत्रले लगानी गर्न लागेका आयोजना हुन् । प्राधिकरणले उक्त आयोजनाका प्रवर्द्धकलाई यथाशक्य चाँडो वित्तीय व्यवस्थापन गरी निर्माणमा जान आग्रह गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो दिन अर्थात् गत साउन १ गते आरती पावर कम्पनीले भोजपुरमा निर्माण गर्न लागेको १४ दशमलब ५० मेगावाट क्षमताको माथिल्लो इरखुवा जलविद्युत् आयोजनासँग सम्झौता गरेको थियो । यस्तै संखुवासभामा आयोजनास्थल रहेको १२ मेगावाट क्षमताको दूधकुण्ड खोला, एक दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो गडीगाड गरी कूल १६ आयोजनासँग सम्झौता गरेको छ । यस्तै गत भदौमा १३ आयोजनासँग विद्युत् खरिदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्राधिकरणकाअनुसार गत असोजमा ११ जलविद्युत् आयोजनाको प्रवर्द्धकसँग सम्झौता हुँदा कात्तिकमा तीन आयोजनाको प्रवर्द्धकसँग मात्र त्यस्तो सम्झौता भएको थियो । यस्तै मङ्सिरमा नौ आयोजनाको प्रवद्र्धक र प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएका थिए ।पछिल्लो समयमा प्राधिकरणले विद्युत् खरिद सम्झौतामा पुनरावलोकन गरेको छ । सोही आधारमा पाँच हजार २५० मेगावाट क्षमतासम्म नदी प्रवाही आयोजनाको सम्झौता हुनेछ । यस्तै थप ७० मेगावाट क्षमताका १२ आयोजनासँग निकट भविष्यमा नै सम्झौता गर्ने तयारी गरिएको छ ।

प्राधिकरणले पछिल्लो दिनमा अर्धजलाशय प्रकृतिका आयोजनासँग सम्झौता गर्ने तयारी गरेको छ । गत मङ्सिर २५ गते ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् खरिद सम्झौता ‘टेक अर पे’ मा गर्ने निर्णय गरेको छ ।आर्थिक वर्ष २०८४र८५ सम्ममा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै ५ हजार २५० मेगावाटसम्म नदी प्रवाही प्रकृतिका आयोजनासँग सोही आधारमा सम्झौता हुनेछ । यस्तै चार हजार ५०० मेगावाटसम्मका अर्धजलाशययुक्त प्रकृतिका आयोजनाको विद्युत खरिद सम्झौतासमेत ‘टेक अर पे’ गरिने प्राधिकरणले जनाएको छ ।

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसका लागि सम्झौताको सीमासमेत तय गरिएको हो । वित्तीय व्यवस्थापन भई निर्माणका विभिन्न चरणमा रहेका आयोजनाको क्षमता दुई हजार ५०१ मेगावाट रहेको छन् । यस्तै वित्तीय व्यवस्थापन नभएका आयोजनाको क्षमता दुई हजार ५८१ मेगावाट रहेका छन् । हाल कूल ७६ आयोजनाबाट ५२० मेगावाट विद्युत् उत्पादन भएका छन् । ती आयोजना निजी क्षेत्रका हुन् । प्राधिकरणको केन्द्रीय प्रणालीमा एक मेगावाटभन्दा माथिका ७४ आयोजनाबाट एक हजार तीन मेगावाट विद्युत् जोडिएको छ । यस्तै एक मेगावाट क्षमताभन्दा कमका १५ आयोजनाबाट ११ दशमलब २४ मेगावाट विद्युत् जोडिएका छन् । प्राधिकरणको प्रणालीमा प्राधिकरण आफ्नै पाँच हजार ५४५ मेगावाट घण्टा, निजी क्षेत्रको चार हजार ९६७ मेगावाट घण्टा र भारतबाट आठ हजार ८४३ मेगावाट घण्टा विद्युत् उपलब्ध हुँदै आएको छ । कूल माग भने १९ हजार ३५५ मेगावाट घण्टा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।