logo

सिन्धुपाल्चोकमा  दुई जलविद्युत आयोजना एकैसाथ निर्माण हुने

    2416   पटक पढिएको

५ पुस /अर्थ र व्यापार - सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने ब्रह्मायणी नदीमा एउटै कम्पनीले दुई वटा जलविद्युत् आयोजना एकैसाथ निर्माण गर्ने भएको छ । सात अर्ब रुपैयाँको लगानीमा ३५.४७ मेगावाट क्षमताको ब्रह्मायणी र तीन अर्ब रुपैयाँको लगानीमा १५.१५ मेगावाट क्षेमताको अपर ब्रह्मायणी आयोजना चार वर्षभित्र सम्पन्न गर्ने गरी इन्द्रीगेटेट हाडड्रो फण्ड नेपालले निर्माण गर्न लागेको आयोजनाका कार्यकारी अध्यक्ष भरत पराजुलीले जानकारी दिए ।

दुवै आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाममा प्रतियुनिट ८.४० र वर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँमा नेपाल विद्युत् प्राधिकरणसँग बिक्री सम्झौता भइसकेको छ । जुगल हिम शृङ्खलाको फेदीमा पर्ने पेमासालमा बाँध बाँधी ५.८ किमी सुरुङमार्फत जुगल गापा–२ स्थित गोल्चेको तेम्वाथान फेदीमा पर्ने लाङटाङ र वलेफीको दोभानमा निर्माण हुने विद्युत् गृहमा पानी खसालिनेछ ।
त्यहाँ निर्माण गरिने सबै संरचना भूमिगत हुनेछ । आयोजनाबाट वार्षिक घण्टा २० करोड ८४ लाख २८ हजार ७६ किलोवाट विद्युत् उत्पादन हुनेछ । त्यसैगरी लाङटाङ र वलेफीको दोभानभन्दा १०० मिटरमाथि विद्युत् गृह निर्माण गरी ३.५ किमी सुरुङमार्फत पानी खसाली अपर ब्रह्मायणी जलविद्युत् आयोजनाको निर्माण गरिने छ ।

दुवै आयोजनावाट सन् २०२३ को जुलाईमा व्यापारिक उत्पादन गरिने लक्ष्य रहेको छ । उत्पादिन विद्युतलाई आयोजनास्थलदेखि १६ किमी टाढा रहेको सोही गाउँपालिका–४ स्थित पाङतानमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको सब–स्टेशनमा जोडिनेछ । आयोजना सम्पन्न हुने समयसम्म पनि सब–स्टेशन निर्माणमा ढिलाइ भएमा ३४ किमी टाढा पर्ने बाह्रविसे सब–स्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनास्थलसम्म पग्ने १६ किमी प्रवेश मार्गका लागि गाउँपालिका र अन्य आयोजनासँग समन्वय गरिने बताइएको छ । आयोजनाका लागि स्वदेशी र विदेशी लगानीकर्तासँग लगानी जुटाउन छलफल भइरहेको अध्यक्ष पराजुलीले बताए । उक्त करिडोरमा योबाहेक कूल १५०.४ मेगावाट क्षमताका अन्य ६ वटा आयोजना मध्ये केही सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।