logo

सिन्धुपाल्चोकमा  दुई जलविद्युत आयोजना एकैसाथ निर्माण हुने

    1331   पटक पढिएको

५ पुस /अर्थ र व्यापार - सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने ब्रह्मायणी नदीमा एउटै कम्पनीले दुई वटा जलविद्युत् आयोजना एकैसाथ निर्माण गर्ने भएको छ । सात अर्ब रुपैयाँको लगानीमा ३५.४७ मेगावाट क्षमताको ब्रह्मायणी र तीन अर्ब रुपैयाँको लगानीमा १५.१५ मेगावाट क्षेमताको अपर ब्रह्मायणी आयोजना चार वर्षभित्र सम्पन्न गर्ने गरी इन्द्रीगेटेट हाडड्रो फण्ड नेपालले निर्माण गर्न लागेको आयोजनाका कार्यकारी अध्यक्ष भरत पराजुलीले जानकारी दिए ।

दुवै आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाममा प्रतियुनिट ८.४० र वर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँमा नेपाल विद्युत् प्राधिकरणसँग बिक्री सम्झौता भइसकेको छ । जुगल हिम शृङ्खलाको फेदीमा पर्ने पेमासालमा बाँध बाँधी ५.८ किमी सुरुङमार्फत जुगल गापा–२ स्थित गोल्चेको तेम्वाथान फेदीमा पर्ने लाङटाङ र वलेफीको दोभानमा निर्माण हुने विद्युत् गृहमा पानी खसालिनेछ ।
त्यहाँ निर्माण गरिने सबै संरचना भूमिगत हुनेछ । आयोजनाबाट वार्षिक घण्टा २० करोड ८४ लाख २८ हजार ७६ किलोवाट विद्युत् उत्पादन हुनेछ । त्यसैगरी लाङटाङ र वलेफीको दोभानभन्दा १०० मिटरमाथि विद्युत् गृह निर्माण गरी ३.५ किमी सुरुङमार्फत पानी खसाली अपर ब्रह्मायणी जलविद्युत् आयोजनाको निर्माण गरिने छ ।

दुवै आयोजनावाट सन् २०२३ को जुलाईमा व्यापारिक उत्पादन गरिने लक्ष्य रहेको छ । उत्पादिन विद्युतलाई आयोजनास्थलदेखि १६ किमी टाढा रहेको सोही गाउँपालिका–४ स्थित पाङतानमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको सब–स्टेशनमा जोडिनेछ । आयोजना सम्पन्न हुने समयसम्म पनि सब–स्टेशन निर्माणमा ढिलाइ भएमा ३४ किमी टाढा पर्ने बाह्रविसे सब–स्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनास्थलसम्म पग्ने १६ किमी प्रवेश मार्गका लागि गाउँपालिका र अन्य आयोजनासँग समन्वय गरिने बताइएको छ । आयोजनाका लागि स्वदेशी र विदेशी लगानीकर्तासँग लगानी जुटाउन छलफल भइरहेको अध्यक्ष पराजुलीले बताए । उक्त करिडोरमा योबाहेक कूल १५०.४ मेगावाट क्षमताका अन्य ६ वटा आयोजना मध्ये केही सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।