logo

एचआईडिसिएलको सातौं वार्षिक साधारण सभा पुस ३० गते हुने, शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव

    1272   पटक पढिएको

९ पुस/ अर्थ र व्यापार  - हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले पहिलो पटक आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यसअघिका दुई वर्ष कम्पनीले ५ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको थियो ।

साथै कम्पनीले बोनसपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद प्रस्ताव समेत गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको १७४ बैठकले कम्पनीको चुक्ता पूँजी दश अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने एक अर्ब बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनका लागि २ करोड १० लाख ५२ हजार ६३१ रूपैयाँ ५८ पैसा रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै सोही बैठकले बोनस पश्चात कायम हुने चुक्ता पूँजी ११ अर्बको एक बराबर एक (१ः१) शेयर अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ ।

बोनस तथा हकप्रद प्रस्ताव प्रस्तावहरु पारित गर्न कम्पनीले पुस ३० गते नेपाल प्रज्ञा प्रतिष्ठा, कमलादी काठमाडौंमा बिहान ११ बजे सातौं वार्षिक साधारण सभा बोलाएको छ । यस्तै साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुकक्लोज गर्ने जनाएको छ । यसअनुसार पुस १६ गते सोमबारसम्म कायम शेयरधनीले कम्पनीको बोनस पाउनेछन् । १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको बोनस र हकप्रद पश्चात २२ अर्ब रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २७ करोड ३७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १० रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

यस कम्पनीमा ८० प्रतिशत सरकारको लगानी छ भने सर्वसाधारणको हिस्सा २० प्रतिशत रहेको छ । हाइड्रोपावर परियोजनाहरुको विकास तथा ऋण लगानी गर्ने काम यस कम्पनीले गर्दै आएको छ । आगामी दिनमा हाइड्रोपावरका थुप्रै परियोजना बनाउन लगानी गर्नुपर्ने भएकाले कम्पनीले चुक्ता पुँजी बलियो बनाउन लागेको हो । वि.सं २०७२ कार्तिकमा २ अर्बको साधारण शेयर जारी गरेको यस कम्पनीले हालसम्म बोनस वितरण गरेको थिएन।

कम्पनीमा नेपाल सरकारको ५ अर्ब, सर्वसाधारणको २ अर्ब तथा नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थान र कर्मचारी सञ्चय कोषको १(१ अर्ब रूपैयाँ लगानी रहेको छ । साबिकको जलविद्युत लगानी तथा विकास कम्पनीले नाम परिवर्तन गरि हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी बनाइएको हो ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।