logo

हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर बाँडफाँड

    1885   पटक पढिएको

६ पुस/ अर्थ र व्यापार  - हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) को साधारण शेयर (आईपिओ) बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाका स्थानीय बासिन्दाका लागि कार्तिक ६ गतेदेखि मंसिर ५ गतेसम्म निष्काशन गरेको शेयर पुस ६ गते शुक्रबार बाँडफाँड गरेको हो ।

कम्पनीको आईपिओमा अति प्रभावित र प्रभावित क्षेत्रका स्थानीयहरूबाट ७ हजार ४० जनाले ११ लाख ९८ हजार ९७० कित्ता शेयर माग गरेको थियो । कम्पनीको शेयरमा आवेदन गरेका सबै आवेदकले शेयर पाएका छन् । कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार आयोजनाबाट अति प्रभावित गोकुलगंगा गाँउपालिका वडा नम्बर १ (साबिकको चुचुरे गाविस) र जिरी नगरपालिका वडा नम्बर १ र २ (साबिकको श्यामा गाविस) का स्थानिय बासिन्दाहरुबाट न्युनतम ५० कित्ता देखि ४५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई मागे जति नै शेयर बाँडफाँड गरिएको जनाएको छ ।

त्यस्तै ५०० कित्तादेखि अधिकतम ४९०० कित्तासम्म आवेदन गर्ने सबै आवेदकलाई न्यूनतम ४५० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । यसरी बाँडफाँड गरेर बाँकी रहेको २३० कित्ता शेयर ५०० कित्तादेखि अधिकतम ४९०० कित्तासम्म आवेदन गर्ने कूल ३८७ आवेदकमध्ये गोलाप्रथाबाट २३ जना आवेदकले थप १० कित्ता गरि ४६० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । यसरी हेर्दा अति प्रभावित स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ४६० कित्तासम्म शेयर प्राप्त गरेका छन् । आयोजनाबाट अति प्रभावित बासिन्दाहरुबाट कूल २ हजार १३१ जना आवेदकबाट ५ लाख ७६ हजार ६३० कित्ताको लागि आवेदन परेको थियो ।

उता आयोजनाबाट प्रभावित क्षेत्रहरु गोकुलगंगा गाउँपालिका वडा नम्बर २,३,४, र ५, (साबिकको ठोसे, रस्नालु, बेताली र नामाडी गाविस), जिरी नगरपालिका वडा नम्बर ३(साबिकको माली गाविस), तामाकोशी गाउँपालिका वडा नम्बर ५ र ६, (साबिकको सहरे र च्यामा गाविस) तथा मन्थली नगरपालिका वडा नम्बर १३ (साबिकको फुलासी गाविस) का स्थानीयहरुबाट न्युनतम ५० कित्ता देखि २०२० कित्तासम्म आवेदन गर्ने आवेदकले माग अनुसार नै शेयर पाएका छन् ।

२५०० कित्तादेखि ४९०० कित्तासम्म शेयर माग गर्ने सबै आवेदकलाई न्यूनतम २०८० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । यसरी बाँडफाँड गरि बाँकी रहेको ३० कित्ता शेयर २५०० कित्तादेखि ४९०० कित्तासम्म माग गर्ने कूल १४ आवेदकमध्ये गोलाप्रथाबाट ३ जनाले थप १० कित्ता गरि २०९० कित्तासम्म शेयर प्राप्त गरेका छन् । आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयहरुबाट ४ हजार ९०९ आवेदकले कूल ६ लाख २२ हजार ३४० कित्ता शेयर माग गरेका थिए । कम्पनीले निष्काशन गरेको कुल शेयर मध्ये ४० प्रतिशत अर्थात ३ लाख ९६ हजार कित्ता शेयर अति प्रभावित क्षेत्रका बासिन्दाका लागि र ५ लाख ९४ हजार कित्ता आयोजनाबाट प्रभावित स्थानीयका लागि कूल ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमा न्युनतम ५० कित्ता देखि ४ हजार ९०० कित्ता सम्म आवेदन गर्ने व्यवस्था रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।