logo

नेपालमा पहिलोपटक हिमालयन हाइड्रो एक्स्पो हुने

    1734   पटक पढिएको

११ पुस / अर्थ र व्यापार - काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको हिमालयन हाइड्रो एक्स्पो २०१८ पुष २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

सरकारले ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएपनि त्यसअनुरुप काम नभईरहेको बेला हाइड्रो एक्स्पोले त्यो लक्ष्य भेटाउन सहयोग गर्ने स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) का अध्यक्ष शैलेनद्र गुरागाईंले दावी गरे । भृकुटी मण्डप स्थित प्रदर्शनी कक्षमा ३ दिनसम्म चल्ने मेलामा हाइड्रो पावर निर्माता, हाइड्रो पावरमा प्रयोग हुने उपकरण उत्पादक, सप्लायर्स, डिजाईनर्स र कन्सलट्यान्ट, बीमा कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था समेत गरी १०० वटा स्टल रहने आयोजक ईपानले जानकारी दिएको छ ।

मेलामा भारत र चीनका जलविद्युत उत्पादक कम्पनीको विशेष सहभागिता रहने जनाईएको छ । भारत र चीन बाहेक दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, स्विडेन, बेलायत, ब्राजिल लगायतका मुलुकका सरोकारवाला कम्पनीको पनि सहभागिता रहने छ । मेलामा इटालीको सिएमसी, जर्मनीको भोइथ, भारतको क्रिष्टल, बिएफएल र फ्लोभेल, बुल्गेरियाको भापटेक, चेक रिपल्ब्लिकको माभेल र चीनको पावर चाईना र सिएसईसी जस्ता बहुराष्ट्रिय कम्पनी सहभागी हुने टुङ्गो लागेको आयोजकले जानकारी दिएको छ ।

विश्वका बहुचर्चित कम्पनीको सहभागिता हुने भएकाले मेलाले जलविद्युतको बजार विस्तारका साथै अनुभव र प्रविधि आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको दावी छ । मेला अवधिमा पुष २१ गते हाइड्रो टनेलिङ, पुष २२ गते बैंकिङ तथा इन्स्योरेन्स र अन्तिम दिन पुष २३ गते हाइड्रोपावर सम्बन्धी सेमिनारहरु आयोजना गर्ने कार्यतालिका रहेको छ ।

मेला अवधिमा हाइड्रोपावरको विकासमा सहयोग पुग्ने गरि विद्यर्थीहरुबिच नयाँ अवधारणहरुको प्रतिस्पर्धा पनि गराईनेछ । उत्कृष्ट अवधारणा विकास गर्नेमध्ये प्रथम हुनेले ५५ हजार ५५५ रुपैयाँ दोस्रो हुनेले २२ हजार २२२ रुपैयाँ र तेस्रो हुनेलाई ११ हजार १११ रुपैयाँ पुरस्कार पाउने छन् । एक्स्पोको लागि नेपाल सरकार, उर्जा मन्त्रालय, राष्ट्रिय योजना आयोग र जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षक रहेका छन् ।

नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ,  नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन लगायतले पनि मेलालाई सहयोग गरेका छन् । यसका साथै नेपाल टर्ने्लिङ एसोसिएसन, नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज, नेपाल भारत उद्योग वाणिज्य संघ, नेपाल युरोपिएन चेम्बर अफ कमर्स लगायत स्वदेशी तथा विदेशी कम्पनीको पनि सहयोग रहेको ईपानले जानकारी दिएको छ ।

बैंक, बीमा कम्पनी, ईन्जिनियर, जलविद्युत उत्पादक, उपकरण उत्पादक, लगानीकर्ता, उपकरण उत्पादक र वितरक, जलविद्युत उत्पादन गर्न रुची भएका लगायत समुहलाई लक्षीत गरि मेला आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।