logo

हिमालयन डिस्टिलरीको शेयर मूल्यमा १५० रुपैयाँले बृद्धि

    1092   पटक पढिएको

२४ बैशाख /अर्थ र व्यापार - हिमालयन डिस्टिलरीको मंगलबार मात्रै शेयर मूल्य १५० रुपैयाँले बढेर १६५० रुपैयाँ पुगेको छ । मंगलबार कम्पनीको १९ वटा कारोबार हुँदा नै सर्किट लागेको हो । अहिलेसम्म १९ वटा कारोबारबाट २७ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । हाल १२ हजार कित्ताको लागि माग रहेको छ भने खरिदका लागि एक कित्ता पनि छैन । 

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमै १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नु अघि नै बजारमा भने सर्किट लाग्न थालेको हो । यो अवधि कम्पनीहले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय हो । तेस्रो त्रैमासिक वित्तीय विवरणबाटै लगानीकर्ताले चौथो वित्तीय विवरणको नाफा आँकलन गर्ने भएकाले दोस्रो बजारमा यसको प्रभाव पर्ने गर्छ ।

कम्पनीले साउनमा वित्तीय विवरण सार्वजनिक गरेसँगै केही महिना पछि लाभांश वितरण गर्ने भएकोले वैशाखदेखि नै शेयर बजारमा कम्पनीको वित्तीय विवरणले प्रभाव पार्ने गर्छ ।  हिमालयन डिस्टिलरीले विगत पाँच वर्षेदेखि नगद लाभांश दिँदै आएको छ । गत वर्ष पनि कम्पनीले २०.०५ प्रतिशत नगद लाभांश दिएको थियो । नगद लाभांश पस्चात कम्पनीको शेयर मूल्यमा गिरावट आए पनि पछिल्ला दिनमा कम्पनीको शेयर लगातार बढिरहेको छ ।

विगत दुई महिना यता बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको शेयर बढ्दै आएकोमा पछिल्लो एक सातामा उत्पादन तथा प्रशोधन मुलक कम्पनीको शेयरमा उछाल आएको छ । गएको चार दिनमा शिवम् सिमेन्ट शेयरमा उछाल आए पनि आज भने ७ रुपैयाँले घटेको छ । युनिलिभर, बोटलर्स नेपाल, बोटलर्स तराइको शेयर भने स्थिर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।