logo

हिमालयन डिस्ट्रिलरीद्वारा ६८.४२ प्रतिशत अन्तरिम लाभांस दिने घोषणा

    1471   पटक पढिएको

१२ जेठ /अर्थ र व्यापार  - हिमालयन डिस्ट्रिलरीले ६८.४२ प्रतिशत अन्तरिम लाभांस दिने घोषणा गरेको छ । जेठ १७ गतेसम्म कायम शेयरधनीहरुले संञ्चित नाफामा रहेको रकमबाट यो  लाभांस प्राप्त गर्न सक्ने छन् । कम्पनीले चालु आर्थिक वर्ष २०७५र७६ मा आर्जन गर्ने नाफा सहित अन्तरिम रुपमै नगद लाभांस घोषणा गरेको हो । यदि कम्पनीले चालु आर्थिक वर्षमा उल्लेख्य नाफा गरेमा यो लाभांस बढ्नेछ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीको जगेडा कोषमा ६५ करोड ६९ लाख रुपैयाँ संञ्चित रहेको छ । यसै कोषबाट कम्पनीले लाभांस दिने घोषणा गरेको हो। आर्थिक वर्षको अन्त्यसम्ममा यस्तो कोष थप बढ्नेछ ।
कम्पनीको हालको चुक्ता पूँजी ३८ करोड ५६ लाख रुपैयाँ रहेको छ । यसै पूँजीका आधारमा कम्पनीले घोषणा गरेको अन्तरिम लाभांस अनुसार आफ्ना शेयरधनीहरुलाई २६ करोड ३८ लाख रुपैयाँ नगद दिनेछ । कम्पनीले अहिलेसम्मकै बम्पर बोनसको घोषणा गरेको हो । यस अगाडिका वर्षमा कम्पनीले वार्षिक १० देखि २१ प्रतिशतबीचमा लाभांस दिदै आएको थियो । गएको वर्षदेखि कम्पनीले राम्रो मुनाफा आर्जन गर्दै आएको थियो ।

कम्पनीको वित्तीय विवरण चार वर्ष अगाडिसम्म प्राय नोक्सानमा देखिने गरेको थियो । सञ्चित मुनाफा पनि नोक्सानमा देखिने गरेको थियो। चार वर्षदेखि लगातार नाफामा देखिन थाले सँगै कम्पनीको सञ्चित मुनाफा पनि बढ्न थालेको हो । कम्पनीले अहिले घोषणा गरेको लाभांसपछि पनि सञ्चित मुनाफा २६ करोड ९३ लाख रुपैयाँ बाँकी रहनेछ । नौ वर्षको अवधिमा कम्पनीको शेयर मूल्य प्रतिशेयर आम्दानी ऋणात्मक हुँदा १४२ रुपैयाँसम्म तल झरेको छ भने शेयर बजारले अधिकतम सूचक चुम्दै गर्दा २०५० रुपैयाँसम्म पुगेको छ । शेयर बजार विस्तारै ओरालो लाग्दै गर्दा कम्पनीको नाफामा सुधार देखिन थालेको थियो ।

शेयर बजार लगातार गिरावट हुँदै गर्दा अधिकांश कम्पनीको बजार आधार मूल्यकै हाराहारीमा आउँदा हिमालयन डिस्ट्रिलरीको भने बजार मूल्य भने घटेको थिएन। बैंक तथा वित्तीय संस्था पछि शेयर बजारमा उत्पादनमूलक कम्पनीको शेयरमा आकर्षण देखिएको छ । दुई वर्षको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँबाट ११३ रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानीमा भएको उल्लेख्य प्रगतिसँगै दोस्रो बजारमा गत वैशाख २६ गते १९५५ रुपैयाँसम्म पुगेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी तथा सञ्चित मुनाफामा सुधार हुँदै गर्दा लगानीकर्ताहरुले कम्पनीले बम्पर बोनस दिने अनुमान गरिसकेका थिए । यसको परिणामा दोस्रो बजारमा कम्पनीको शेयर मूल्यमा केहि दिन बढ्दो क्रममा सर्किट नै लागेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।