logo

शुक्रबारदेखि भृकुटीमण्डपमा तेस्रो बृहत हिमाली कृषि प्रदर्शनी हुदैँ

    1279   पटक पढिएको


१० फागुन/ अर्थ र व्यापार- काठमाडौं । शुक्रबारदेखि आइतबारसम्म राजधानीको भृकुटीमण्डपमा ‘ तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्धन प्रदर्शनी –२०७४ ’ हुने भएको छ । हिमाली जिल्लाका उत्पादित कृषि उपजहरुको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा बजार प्रवद्धन गर्ने उद्वेश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सहकार्यमा उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले उक्त वृहत्त प्रदर्शनी गर्न लागेको हो ।


आयोजकका अनुसार प्रदर्शनीमा संखुवासभा, सोलुखम्बु, दोलखा, रसुवा, मनाङ्ग, मुस्ताङ्ग डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका ५१ वाटा तथा अन्य २४ गरी जम्मा ७५ वटा स्टल रहनेछन् । जसमा याकको चीज, छुर्पी, राडीपाखी, तरकारीको बीउदेखि कर्णलीको सिमी, स्याउ, जुस, ओखर चिराईतो लगायत मूख्य आकर्षण हुने आयोजकले अपेक्षा गरेको छ । समग्रमा प्रदर्शनीमा हिमाली जिल्लाका कृषि, पशु तथा वनस्पतिजन्य उत्पादन सम्पूर्ण रहने आयोजकको दावी छ ।

त्यस्तै आयोजकले उक्त प्रदर्शनीको अवसरमा हिमाली व्यवसायी र विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय व्यापारीहरुबीच दिर्घकालीन व्यापारिक सम्झौता समेत हुने अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।