logo

हिमालयन डिष्ट्रिलरीकोे अन्तरिम लाभांश जेठ ३० गतेदेखि वितरण गरिने

    1306   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार - हिमालयन डिष्ट्रिलरीले शेयरधनीलाई अन्तरिम लाभांश वितरण गर्ने भएको छ । जेठ ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले जेठ ३० गतेदेखि चालु आर्थिक वर्षमा सञ्चित मुनाफाबाट कर सहित ६८ रुपैयाँ ४२ पैसाका दरले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

कम्पनीले जेठ ३० गते बिहीबारदेखि नेपाल क्लियरिङ्ग हाउसको आईपिइस मार्फत सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा वितरण हुने जनाएको छ ।कम्पनीले वितरण गर्ने उक्त लाभांश रकम यहि जेठ १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ग नारायणचौर नक्सालमा रहेको कम्पनीको शेयरधनी दर्ता किताबमा दर्ता भएका शेयरधनीले मात्र पाउनेछन् ।

नेपाल स्टक एक्सचेञ्जमा उत्पादनमूलक कम्पनीमा सूचीकृत रहेको यस कम्पनीले चालु आव नसकिँदै लगानीकर्तालाई अन्तरिम लाभांश वितरण गर्न लागेको हो । कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई बैंक खाता अद्यावधिक गरेपश्चात मात्र लाभांश वितरण गरिने भन्दै बैंक खाता अद्यावधिक गराउन भनेको छ ।

यस्तै शेयर धितो राखेकाले धितो राखेको बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ लैजानुपर्ने हुन्छ । आव २०७०र०७१ र ०७१र०७२ को नगद लाभांश संकलन नगरेका शेयरधनीलाई कम्पनीको जावलाखेलमा रहेको कार्यालयमा सम्पर्क गर्न सूचीत गरिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।