logo

हिमालय उर्जाको आईपिओमा सोमबारसम्ममा ३.७६ गुणा बढी आवेदन

    1305   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - हिमालय ऊर्जा विकास कम्पनीको आईपिओमा ३.७६ गुणा बढी आवेदन परेको छ । चैत्र २० गतेदेखि आईपिओ निष्काशन गरेको कम्पनीको शेयरमा दिन अन्तिम दिन चैत २५ गते सोमबारसम्ममा सो माग परेको हो ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार अन्तिम दिन चैत २५ गते सोमबारसम्म ५१ करोड ३७ लाख ५५ हजार रुपैयाँको आवेदन परेको छ । ७२ हजार बढी आवेदनबाट ५१ लाख ३७ हजार ५५० कित्ता शेयर माग भएको बिक्री प्रबन्धकले जनाएको छ ।
आईपिओमा न्यूनतम ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ६ हजार ५०० कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँ सम्मको आवेदन दिन पाइने व्यवस्था थियो । आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने इक्रा एनपि आईपिओ ग्रेड ४ रेटिङ्ग दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १३ लाख ६६ हजार २०० कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो । कम्पनीले जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । जसमध्ये ४४ हजार ५५० कित्ता कर्मचारीहरु र ७४ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएर बाँकी शेयर सर्वधारणमा बिक्रीमा ल्याएको हो ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेगावाट निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मेगावाट लागत करिब १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।