logo

हिमालयन उर्जाद्वारा १४ लाख ८५ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने

    1209   पटक पढिएको

२२ माघ /अर्थ र व्यापार - हिमालयन उर्जा विकास कम्पनीले सर्वसाधारणको लागि १४ लाख ८५ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जम्मा चुक्ता पूँजीको १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।

कम्पनीले यस अगाडि प्रभावित क्षेत्रका लागि ९ लाख ९० हजार कित्ता आइपिओ निष्काशन गरिसकेको छ । प्रभावित क्षेत्रमा पुर्ण रुपमा बिक्री भैसकेपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो । कम्पनीको प्राथमिक शेयर निष्काशन तथा विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । क्रेडिट रेटिङ नेपालले गरेको रेटिङ अनुसार ’इक्रा एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । यसले कम्पनीको औषत वित्तीय अवस्था रहेको जनाउँछ ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमामा बग्ने खिम्ति खोलामा दुई वटा आयोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्ति आयोजनाको जम्मा लागत एक अर्ब ९१ करोड रुपैयाँ र अपर खिम्ति आयोजनाको जम्मा लागत एक अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हालसम्म उक्त आयोजनाहरुको काम ५५ प्रतिशत सकिएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना निर्माणको लागि ९९ करोड रुपैयाँ शेयर पूँजीबाट जुटाउने भएको छ । जसमा संस्थापक शेयरधनीको ७५ प्रतिशत अर्थात ७४ करोड २५ लाख रुपैयाँ, आयोजना प्रभावित क्षेत्रको लागि १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ र सर्वसाधारण शेयरधनीको लागि १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ रहेको छ । संस्थापक तर्फको शेयर पूँजी जुटिसकेको छ भने बाँकी जुटाउने तयारीमा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।