logo

परीक्षण उडानका लागि हिमालय एयरलाइन्सको एच ९–९६१ विमान ल्हासामा

    1817   पटक पढिएको


६ माघ/अर्थ र व्यापार– उच्च उचाईका लागि उडान भर्ने योजनाअनुरुप परीक्षण उडानका लागि हिमालय एयरलाइन्सको एच ९–९६१ विमान ल्हासा प्रस्थान गरेको छ ।

एच ९–९६१ कलसाइनको विमान मंगलबार बिहान ७ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय बिहान १०ः४६ बजे अवतरण गरेको हिमालय एयरलाइन्सले जनाएको छ । 

क्याप्टेन हाओ दीलेको नेतृत्वमा अरु वरिष्ठ क्याप्टेनहरुसहित ल्हासाबाट आजै पुनः फिर्ती उडान गर्ने गरी परीक्षण उडान भइरहेको कम्पनीले जनाएको छ ।

परीक्षण उडानका लागि एयरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषतः उच्च उचाईका लागि उडान भर्न एच९–एजेके नाममा दर्ता भएको न्यारोबडी हवाई जहाज ए३१९–११५ प्रयोगमा ल्याएको थियो ।

१२० इकोनोमी र ०८ बिजनेस क्लास सिटको व्यवस्था भएको एयरक्राफ्ट उच्च उचाइको उडान भर्नको लागि परिमार्जित गरेको कम्पनीले जनाएको छ । 

विमानले अधिकतम १४ हजार ५०० फिटसम्मको एरोड्रम उचाइको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको बताइएको छ । 

हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले हिमालय टोली गत वर्षदेखि नै ल्हासा जस्तो उच्च उचाइको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत रहेको बताएका छन् ।

अध्यक्ष झोउ एन्योङ्गले आजको सफल परीक्षण उडानले सुरक्षा, टिम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको बताए ।

परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू सुरू गर्ने व्यवसायिक योजना अनुरुप नै भएको कम्पनीले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।