logo

हिमाल दोलखा हाइड्रोपावरको असार २५ गतेदेखि आईपीओ निष्कासन गरिने

    2062   पटक पढिएको

१८ असार / अर्थ र व्यापार - हिमाल दोलखा हाइड्रोपावरले ७६ लाख ७२ हजार २१० कित्ता शेयर सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले असार २५ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ । बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले आयोजना प्रभावितले नकिनेको शेयर थप गरी सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

हिमाल दोलखाको आईपीओ निष्काशन खुला छिटोमा असार २९ गतेसम्म र ढिलामा साउन २४ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । यस कम्पनीले इलाम जिल्लामा दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला साना जलविद्युत ४.५ मेगावाट र माई खोला क्यास्केड जलविद्युत ८ मेगावाट छन् । माई साना जलविद्युतको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार ९४२ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ हजार ४३१ रुपैयाँ हुन आउँछ । यस्तै, माई खोला क्यास्केडको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार ८६७ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत १७ करोड ८० लाख ८७ हजार ९८३ रुपैयाँ पर्छ ।

हिमाल दोलखाको आइपीओमा स्थानीयको चासो अत्यन्तै न्यून देखिएको छ । यस कम्पनीले जेठ १४ देखि असार १३ गतेसम्म स्थानीयलाई कुल १६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । तर स्थानीयलाई १ लाख २७ हजार ७९० कित्ता शेयर मात्र बाँडफाँट भएको छ । यसआधारमा स्थानीयलाई जारी गरेको १४ लाख ७२ हजार २१० कित्ता शेयर बिक्री भएको छैन् । बिक्री नभएको उक्त शेयर अहिले सर्वसाधारणलाई थप गरी जारी गर्न लागिएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।