logo

हिमाल दोलखा हाइड्रोपावरको जेठ १४ गतेदेखि प्राथमिक शेयर निष्काशन गरिने

    1480   पटक पढिएको

६ जेठ /अर्थ र व्यापार-  हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ १४ गतेदेखि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएको छ ।  प्रभावित क्षेत्रका बासिन्दाको लागि कम्पनीले १६ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने लागेको हो । कम्पनीले इलाम जिल्लामा ४.५ मेगावाट क्षमताको माईखोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासेड जलविद्युत आयोजना निर्माण गरेको छ । दुबै आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेका छन् । 

माई खोलाको कुल लागत ७२ करोड ५१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागि १६ करोड ११ लाख रुपैयाँ छ । त्यस्तै माई सानो क्यासेडको कुला लागत एक अर्ब ४२ करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ८० लाख रुपैयाँ लागेको कम्पनीले जनाएको छ । कम्पनीको जारी पूँजी एक अर्ब ६० करोड रुपैयाँ रहेको छ। जारी पूँजीको ५१.२५ प्रतिशत अर्थात ८२ करोड रुपैयाँ उठाइसकेको छ । सर्वसाधराण समुह तर्फको १० प्रतिशत अर्थात १६ करोड रुपैयाँ प्रभावित क्षेत्रका बासिन्दाबाट उठाउने छ भने बाँकी ३८.७५ प्रतिशत अर्थात ६२ करोड रुपैयाँ सर्वसाधारणबाट उठाउने योजना बनाएको छ । 

दुई आयोजनाको जम्मा लागत दुई अर्ब १४ करोड रुपैयाँ छ । जसमा शेयर पूँजीबाट एक अर्ब ६० करोड रुपैयाँ जुटाउनेछ । आयोजनाको जम्मा लागतको ७४.४२ प्रतिशत शेयर पूँजीबाट जुटाउदा भोलिका दिनमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ भन्दा तल रहने देखिन्छ ।कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले इलाम जिल्लामा रहेका ७ वटा बैंक, आयोजनाको निर्माण स्थलका साथै नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ । प्रभावितले जेठ २८ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा असार १३ गतेसम्म निष्काशन हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशन गरे पछि सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । 

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।