logo

हिमाल दोलखा हाइड्रोपावरको जेठ १४ गतेदेखि प्राथमिक शेयर निष्काशन गरिने

    1209   पटक पढिएको

६ जेठ /अर्थ र व्यापार-  हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ १४ गतेदेखि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएको छ ।  प्रभावित क्षेत्रका बासिन्दाको लागि कम्पनीले १६ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने लागेको हो । कम्पनीले इलाम जिल्लामा ४.५ मेगावाट क्षमताको माईखोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासेड जलविद्युत आयोजना निर्माण गरेको छ । दुबै आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेका छन् । 

माई खोलाको कुल लागत ७२ करोड ५१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागि १६ करोड ११ लाख रुपैयाँ छ । त्यस्तै माई सानो क्यासेडको कुला लागत एक अर्ब ४२ करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ८० लाख रुपैयाँ लागेको कम्पनीले जनाएको छ । कम्पनीको जारी पूँजी एक अर्ब ६० करोड रुपैयाँ रहेको छ। जारी पूँजीको ५१.२५ प्रतिशत अर्थात ८२ करोड रुपैयाँ उठाइसकेको छ । सर्वसाधराण समुह तर्फको १० प्रतिशत अर्थात १६ करोड रुपैयाँ प्रभावित क्षेत्रका बासिन्दाबाट उठाउने छ भने बाँकी ३८.७५ प्रतिशत अर्थात ६२ करोड रुपैयाँ सर्वसाधारणबाट उठाउने योजना बनाएको छ । 

दुई आयोजनाको जम्मा लागत दुई अर्ब १४ करोड रुपैयाँ छ । जसमा शेयर पूँजीबाट एक अर्ब ६० करोड रुपैयाँ जुटाउनेछ । आयोजनाको जम्मा लागतको ७४.४२ प्रतिशत शेयर पूँजीबाट जुटाउदा भोलिका दिनमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ भन्दा तल रहने देखिन्छ ।कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले इलाम जिल्लामा रहेका ७ वटा बैंक, आयोजनाको निर्माण स्थलका साथै नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ । प्रभावितले जेठ २८ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा असार १३ गतेसम्म निष्काशन हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशन गरे पछि सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । 

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।