logo

जनकपुरमा पाँच दिनपछि हवाई सेवा सुचारु

    1360   पटक पढिएको


४ पुष / अर्थ र व्यापार - जनकपुर। शीतलहर र कुहिरोको कारण आवश्यक भिजिविलिटी नपुगेर अवरुद्ध भएको जनकपुरको विमान सेवा पाँच दिनपछि मंगलबारदेखि सुचारु भएको छ ।

गत मंसिर २९ गतेबाट जनकपुर–काठमाडौं विमानसेवा ठप्प भएको थियो । काठमाडौं–जनकपुर–काठमाडौं रुटमा बुद्ध एयरको दुई र यति एयरको एक गरी दैनिक तीन उडान हुँदै आएको छ । यो अवधीमा विमान सेवा ठप्प हुँदा जनकपुर–काठमाडौं ओहोरदोहोर गर्ने दैनिक कम्तीमा तीन सय यात्रुले समस्या झेल्नुपरेको थियो ।

विमान अवतरण तथा उडान गर्न विमानस्थल क्षेत्रमा कम्तीमा दुई हजार भिपिआर भिजिविलिटी आवश्यक पर्छ । मंसिर २९ गतेदेखि मंगलबार दिउँसोसम्म सात सय भिपिआर भन्दा पनि तल भिजिविलिटी पुगेकोले विमान सेवा अवरुद्ध भएको जनकपुर विमानस्थल कार्यालयले जनाएको छ । मंगलबार दिउँसो कुहिरो हटेर घाम लाग्ने वितिकै पुर्ववत अवस्थामा विमान सेवा सुचारु भएको छ ।

यता लगातार पाँच दिनसम्म चलेको शीतलहरको कारण कष्टकर बनेको मध्यपूर्वी तराईको जनजीवन पनि समान्य भएको छ । गर्मी मौसममा अति गर्मी र जाडोमा शीतलहरको चपेटमा पर्ने यस क्षेत्रमा हरेक वर्ष पुस र माघ महिना कष्टकर हुने गरेको छ । निरन्तरको शीतलहरले आलु, टमाटर र लहरोजन्य तरकारीबालीमा समेत ठूलो क्षति हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।