 
                                                                   १२ असार / अर्थ र व्यापार - गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज असार १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले २ लाख ४० हजार ५ सय ७१ कित्ता संस्थापक शेयर र ८२ हजार ५ कित्ता लिलामीमा राखेको छ ।
कम्पनीको शेयर मूल्य न्यूनतम सय रुपैयाँ तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले संस्थापक समूहतर्फ न्यूनतम  १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
 
 
तपाईको प्रतिक्रिया