logo

ग्रीनलाईफ हाइड्रोपावरको साधारण शेयर आइतबार बाँडफाँड, १६ लाख ९६ हजार ४०० कित्ता शेयर अवितरित

    1503   पटक पढिएको

१९ चैत्र /अर्थ र व्यापार  - ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडद्वारा निष्काशन गरिएको साधारण शेयर (आईपिओ) चैत १७ गते आइतबार बाँडफाँड भएको छ । कम्पनीले जारी गरेको १८ लाख कित्ता आईपिओमध्ये ९४५ बढी अवितरित भएको छ ।
हाइड्रोपावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल (तत्कालिन काठमाडौं क्यापिटल) का अनुसार आईपिओमा एक हजार २१६ जना आवेदकबाट एक लाख तीन हजार ६०० कित्ताका लागि मात्र आवेदन परेको हो ।

कम्पनीले निष्काशन गरेको आइपिओको यो ५.७५५५ प्रतिशत मात्र हो । निष्काशित ९४.२४४ प्रतिशत अर्थात १६ लाख ९६ हजार ४०० कित्ता आईपिओ बिक्री हुन नसकेको हो ।  ग्रीनलाईफले स्थानीय बासिन्दाका लागि जारी पूँजी एक अर्ब ८० करोडको १० प्रतिशत अर्थात १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । स्थानीयबाट अवितरित भएको उक्त आईपिओ अब सर्वसाधारणका लागि निष्काशन हुने १८लाख कित्तामा थप भएर निष्काशन हुनेछ । आईपिओमा समूह क अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बु बासिन्दाहरुलाई पाँच लाख ४० हजार कित्ता (३० प्रतिशत), समूह ख अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार (४० प्रतिशत) कित्ता, र समूह ग अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयरमा माग आवेदन गरिएको थियो । सो आईपिओमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन गर्नसक्ने व्यवस्था थियो ।

केयर रेटिङ्ग नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको कारण पनि लगानीकर्ताले  वित्तीय अवस्था औसतभन्दा कमजोर रहँदा कम माग गर्ने गरेका हुन् ।  अर्कोतर्फ हाइड्रोपावर कम्पनीबाट लामो समय पश्चात मात्र प्रतिफल प्राप्त हुनाले पनि अन्यको तुलनामा जलविद्युत कम्पनीको शेयरमा पछिल्लो समय लगानीकर्ताको आकर्षण घट्दो छ । यसअघि जारी गरेका अन्य धेरै कम्पनीहरूको पनि यस्तै अवस्था रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।