logo

ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडद्वारा आज देखि १८ लाख कित्ता साधारण शेयरमा आवेदन माग

    1265   पटक पढिएको

२२ माघ /अर्थ र व्यापार - ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले माघ २२ गते (आज) देखि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयरमा आवेदन माग गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पूँजी एक अर्ब ८० करोडको १० प्रतिशत शेयर निष्काशन गरेको छ ।

यस आईपिओमा दोलखा जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्र समूह ’क’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बु बासिन्दाहरुलाई पाँच लाख ४० हजार कित्ता (३० प्रतिशत) का लागि आवेदन दिन पाउनेछन् । यसैगरि समूह ’ख’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार ९४० कित्ता शेयरका लागि आवेदन गर्न सक्नेछन् । यस्तै समूह ’ग’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयर छुट्टाइएको छ ।

तीनवटै समूहका बासिन्दाहरुको यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन गर्नसक्ने ब्यवस्था गरिएको आयोजनाको शेयर पाइने बिक्री प्रबन्धक काठमाडौं क्यापिटलले जनाएको छ । हाइड्रोपावर कम्पनीले अघि नै काठमाडौं क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

हाइड्रोपावर कम्पनीहरुले आयोजनाबाट प्रभावित बासिन्दाका लागि पहिलो चरणमा निष्काशन गर्ने शेयर आरक्षित गरेर निष्काशन गर्न गर्दछन्। स्थानीय बासिन्दाहरु त्यस क्षेत्रमा आयोजना सञ्चालन हुँदा त्यस आयोजनाबाट प्रतक्ष्य अप्रतक्ष्य रुपमा आयोजनाले प्रभाव पार्ने हुँदा आयोजनाबाट हुने आम्दानीमा स्थानीय जनताको हिस्सेदारी कायम रहोस् भन्ने उदेश्यले कानूनी रुपमा नै आरक्षण गर्ने व्यवस्था गरिएको छ ।

आरक्षणमा प्राप्त हुने भएकाले यस्तो शेयर बिक्री भएर बाँडफाँड गरेको तीन वर्षसम्म बिक्री वितरणका लागि बन्देज लगाइएको हुन्छ । यस्तै स्थानीय बासिन्दाहरुका लागि पहिलो चरणमा नै शेयर निष्काशन हुने हुँदा त्यस क्षेत्रका बासिन्दाले सर्वसाधारणका लागि निष्काशन हुने साधारण शेयरमा आवेदन गर्न समेत बन्देज लगाइने गरिएको छ ।स्थानीयहरुले ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको आयोजना स्थल, सेञ्चसरी कमर्सियल बैंक सिंगटी र चरिकोट शाखा तथा प्राइम कमर्सियल बैंकको शाखा कार्यालयहरु जिरी र बैतेश्वर शाखा कार्यालय मार्फत आवेदन गर्न सक्नेछन् ।

यस आईपिओमा आयोजना प्रभावित बासिन्दाले निष्काशन सुरु हुने दिन माघ २२ गतेदेखि छिटोमा १५ दिन अर्थात फागुन ७ गतेसम्म र डिलोमा ३५ दिन अर्थात फागुन २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।