logo

ग्लोबल आइएमई बैंक अब संयुक्त अधिराज्य बेलायतमा पनि

    1809   पटक पढिएको


९माघ / अर्थ र व्यापार - ग्लोबल आइएमई बैंकले आइतबारदेखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्टमा सम्र्पक र प्रतिनिधि कार्यालयको विधिवत सुरुवात गरेको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंकमध्ये पहिलोपटक बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो । संयुक्त अधिराज्य बेलायतको एल्डरसर्टमा खुलेको उक्त कार्यालयको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले एक समारोहबीच उद्घाटन गरे । 

सम्पर्क कार्यालय उद्घाटन गर्दे नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले नेपालमा सञ्चालित वाणिज्य बैंकहरूमध्ये ग्लोबल आइएमईले पहिलोपटक बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएको भन्दै बधाई र शुभकामना दिए ।
ग्लोबल आइएमईले बेलायतमा कार्यालय खोलेपछि यसबाट नेपाल तथा बेलायतका व्यवसायीहरूबीच व्यापारिक एवं लगानीसम्बन्धी प्रवद्र्धनात्मक कार्यमा समेत सघाउने पनि जनाएको छ । यसको अतिरिक्त, काम तथा पढाइको सिलसिलामा बेलायत पुगेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्सलगायत नेपालसँगको अन्य बैंकिङ कारोबार गर्न सहज हुने पनि बैंकको भनाइ छ । ग्लोबल आइएमईले यसअघि अस्ट्रेलियाको सिड्नी तथा भारतको नयाँदिल्लीमा सम्र्पक र प्रतिनिधि कार्यालय खोलिसकेको छ । यी तीन देशका अतिरिक्त अन्य मुलुकमा पनि सम्र्पक र प्रतिनिधि कार्यालय खोल्न प्रक्रिया अगाडि बढाउने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी दिए । 
कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ग्लोबल आइएई बैंकले देशभित्र मात्र नभएर देश बाहिरसमेत प्रदान गरिरहेका सेवा सुविधाको प्रशंशा गर्दै बैंकको प्रगतिको कामना गरे । यस्तै, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक विकासमा नयाँ तरंग ल्याउने विश्वास व्यक्त गरे । उनले बैंकले देशभित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देशबाहिर पनि अन्य धेरै मुलुकहरूमा आफ्नो सम्पर्क तथा प्रतिनिधि कार्यालयहरू सञ्चालन गरेर सम्पूर्ण नेपालीमाझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए । विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडि बढ्ने उनको भनाइ छ । उनले नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरू रहेकोले लगानीका लागि वेलायतस्थित व्यवसायीहरूलाई आग्रहसमेत गरे ।
उक्त समारोहमा बेलायतको एल्डरसर्ट्स्थित काउन्सिल लिडर डेबिड क्लिफफोड लगायत उच्चपदस्थ ब्यक्तिहरूले आफ्नो मन्तव्य व्यक्त गर्दै ग्लोबल आइएमई बैंकले बेलायतमा सम्पर्क तथा प्रतिनिधि कार्यालय सुरु गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।