logo

ग्लोबल आइएमई बैंक अब संयुक्त अधिराज्य बेलायतमा पनि

    1535   पटक पढिएको


९माघ / अर्थ र व्यापार - ग्लोबल आइएमई बैंकले आइतबारदेखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्टमा सम्र्पक र प्रतिनिधि कार्यालयको विधिवत सुरुवात गरेको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंकमध्ये पहिलोपटक बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो । संयुक्त अधिराज्य बेलायतको एल्डरसर्टमा खुलेको उक्त कार्यालयको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले एक समारोहबीच उद्घाटन गरे । 

सम्पर्क कार्यालय उद्घाटन गर्दे नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले नेपालमा सञ्चालित वाणिज्य बैंकहरूमध्ये ग्लोबल आइएमईले पहिलोपटक बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएको भन्दै बधाई र शुभकामना दिए ।
ग्लोबल आइएमईले बेलायतमा कार्यालय खोलेपछि यसबाट नेपाल तथा बेलायतका व्यवसायीहरूबीच व्यापारिक एवं लगानीसम्बन्धी प्रवद्र्धनात्मक कार्यमा समेत सघाउने पनि जनाएको छ । यसको अतिरिक्त, काम तथा पढाइको सिलसिलामा बेलायत पुगेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्सलगायत नेपालसँगको अन्य बैंकिङ कारोबार गर्न सहज हुने पनि बैंकको भनाइ छ । ग्लोबल आइएमईले यसअघि अस्ट्रेलियाको सिड्नी तथा भारतको नयाँदिल्लीमा सम्र्पक र प्रतिनिधि कार्यालय खोलिसकेको छ । यी तीन देशका अतिरिक्त अन्य मुलुकमा पनि सम्र्पक र प्रतिनिधि कार्यालय खोल्न प्रक्रिया अगाडि बढाउने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी दिए । 
कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ग्लोबल आइएई बैंकले देशभित्र मात्र नभएर देश बाहिरसमेत प्रदान गरिरहेका सेवा सुविधाको प्रशंशा गर्दै बैंकको प्रगतिको कामना गरे । यस्तै, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक विकासमा नयाँ तरंग ल्याउने विश्वास व्यक्त गरे । उनले बैंकले देशभित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देशबाहिर पनि अन्य धेरै मुलुकहरूमा आफ्नो सम्पर्क तथा प्रतिनिधि कार्यालयहरू सञ्चालन गरेर सम्पूर्ण नेपालीमाझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए । विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडि बढ्ने उनको भनाइ छ । उनले नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरू रहेकोले लगानीका लागि वेलायतस्थित व्यवसायीहरूलाई आग्रहसमेत गरे ।
उक्त समारोहमा बेलायतको एल्डरसर्ट्स्थित काउन्सिल लिडर डेबिड क्लिफफोड लगायत उच्चपदस्थ ब्यक्तिहरूले आफ्नो मन्तव्य व्यक्त गर्दै ग्लोबल आइएमई बैंकले बेलायतमा सम्पर्क तथा प्रतिनिधि कार्यालय सुरु गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।