logo

ग्लोबल आइएमई बैंकको मोरङ्ग र सप्तरीमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

    1285   पटक पढिएको


२० फागुन / अर्थ र व्यापार - काठमाडौं । ग्लोबल आइएमई बैंकले मोरङ्ग र सप्तरी जिल्लामा थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको कुशल चोकमा ७३औँ शाखा र सप्तरीको कठौना बजारमा ७४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

मोरङ्ग जिल्लाको कुशल चोकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको पथरी शनिश्चरे नरपालिकाका उप–मेयर श्रीमती यमुना बिष्ट तथा बैंकका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त सेवाको लागि स्थानिय सोमनाथ आचार्यलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

त्यसैगरी, सोहि दिन सप्तरी जिल्लाको कठौनामा खोलिएको सेवाको शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्र प्रसाद चौधरी तथा बैंकका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त शाखा सेवाको लागि स्थानिय शिव नारायण चौधरीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

हाल बैंकले १२० वटा शाखा, १२८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।