logo

घलेम्दी हाइड्रो लिमिटेडद्वारा पुस १९ देखि शेयर निष्काशन गरिने 

    1313   पटक पढिएको

११ पुस/ अर्थ र व्यापार - घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ३३ हजार ७७० कित्ता प्राथमिक शेयर पुष १९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधाणको लागि २० प्रतिशत अर्थात ११ लाख कित्ता छुट्याएकोमा प्रभावित क्षेत्रमा बिक्री नभएको ४ लाख ५५ हजार ७७० कित्ता सहित १५ लाख ३३ हजार कित्ता शेयर सर्वसाधारणकालागि निष्काशन गर्ने भएको हो ।
कम्पनीले २२ हजार कित्ता कर्मचारी र ५५ हजार कित्ता सामुहिक लगानीकोषका लागि छुट्टाएको छ ।

कम्पनीले सबैभन्दा खराव रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड ५’ प्राप्त गरेको छ ।  खराव रेटिङका कारणले कम्पनीको प्राथमिक शेयर प्रभावित क्षेत्रमा बिक्री हुन सकेको थिएन । प्राथमिक शेयरधनीले प्राथमिक पूँजी फिर्ता पाउन ९ वर्ष कुर्नुपर्ने हुन्छ ।  खराव बित्तीय अवस्थाका कारणले कम्पनीको क्रेडिट रेटिङ कमजोर आएको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । चार मेगावाट क्षमताको उक्त आयोजना निर्माणको जम्मा लागत एक अर्ब १५ करोड रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २३ करोड रुपैयाँ पर्न आउँछ ।

प्राथमिक शेयर निष्काशन सकिएसँगै संस्थापक शेयर पूँजी ३० प्रतिशत अर्थात ३८ करोड ५० लाख रुपैयाँ पुग्नेछ । त्यस्तै प्रभावित क्षेत्रका बासिन्दाको हिस्सा १.२८ प्रतिशत अर्थात ९४ लाख ५३ हजार रुपैयाँ र सर्वसाधारणको तर्फ २८.७२ प्रतिशत अर्थात १५ करोड ५५ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले प्राथमिक शेयर छिटोमा पुष २३ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा माघ १८ गतेसम्म निष्काशन तथा बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक भिबोर क्यापिटलले जनाएको छ ।

कम्पनीका अनुसार आइपिओ आवदेनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सकिने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।