logo

घलेम्दी हाइड्रो लिमिटेडद्वारा साधारण शेयर बाडँफाडँ

    1611   पटक पढिएको

१ माघ /अर्थ र व्यापार - घलेम्दी हाइड्रो लिमिटेड (GHL) को साधारण शेयर (आईपिओ )माघ १ गते मंगलबार बाँडफाँड भएको छ ।  कम्पनीले निष्काशन गरेको आईपिओ कूल सदर आवेदकको ८०.४४ प्रतिशतले ३० कित्ताका दरले प्राप्त गरेका छन् भने १९.५६ प्रतिशतले मात्र २० कित्ता प्राप्त गरेका छन् ।

आईपिओमा कूल ५४ हजार ७१८ आवेदन परेकोमा २६ आवेदन रद्ध भएको बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ । ती आवेदकबाट कूल एक हजार ५७० कित्ताको आवेदन परेको थियो । सदर भएको ५४ हजार ६९२ जना आवेदनबाट २.५४ गुणा बढी अर्थात ३९ लाख तीन हजार ७० कित्ताको माग भएको थियो ।

सदर भएका ५४ हजार ६९२ जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम पहिलो चरणमा समानुपातिक रुपमा २० कित्ताका दरले १० लाख ९३ हजार ८४० कित्ता शेयर बाँडफाँड गरिएको हो । बाँकी रहेको ४ लाख ३९ हजार ९३० कित्ता शेयर गोलाप्रथाबाट ४३ हजार ९९३ जनालाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको हो । यसो हुँदा १० हजार ६९९ जनाले २० कित्ताका दरले र ४३ हजार ९९३ जनाले ३० कित्ताका दरले शेयर प्राप्त गरे ।

घलेम्दी हाइड्रोले पुस १९ गतेदेखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयरमा सर्वसाधारणबाट आवेदन लिएको थियो । २२ हजार कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्टाइएको छ । सामूहिक लगानी कोषका लागि छुट्याइएको ५५ हजार कित्ता शेयर कोषहरुले खरिद नगरेपछि सो शेयर समेत बिक्रीमा ल्याइएको थियो । घलेम्दीले पहिलो चरणमा आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो ।

५५ करोड रुपैयाँ जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख लगानी रहेको छ । आयोजनामा स्थानीयबासिन्दा र सर्वसाधारणको गरि ३० प्रतिशत अर्थात १६ करोड ५० लाख रुपैयाँ लगानी रहने छ । कूल एक अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत उत्पादनको तयारी गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।