logo

पाल्पाको माथागढी गाउँपालिकामा ८०० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

    1762   पटक पढिएको

१८ चैत्र /अर्थ र व्यापार - विपन्न स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाल्पाको माथागढी गाउँपालिकाभित्र बसोबास गरेका ८०० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यस वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले रु २० लाख बजेट छुट्याएर सबै वडा वडामा पुगेर स्वास्थ्य बीमा दर्ता कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए । 

गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विपन्न परिवारको घर घरमा बीमाकर्ता परिचालन गरेर स्वास्थ्य बीमा गराएपछि यहाँका नागरिक खुशी भएका छन् । अहिले बीमा गरेपछि स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्या बढ्न थालेको छ । आर्थिक समस्याले गर्दा यहाँका नागरिक उपचार अभावमा भित्रभित्रै रोगसँग लडेर बाँचिरहेका थिए । बीमा गरेपछि स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढ्दै गएको पाइएको छ । गत वर्ष पनि गाउँपालिकाले विपन्न स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत रु २० लाख रकम विनियोजन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष विपन्नअन्तर्गत पनि पहिचान गरेर अति विपन्न, एकल महिला, दीर्घरोगी, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिएर स्वास्थ्य बीमा गरिरहेको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य बीमा दर्तापश्चात् गाउँपालिकाका आठवटै वडामा बीमाको महत्वबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ । साथै गाउँपालिकाले घर घरमा पुगेर ज्येष्ठ नागरिक उपचार सेवा, गाउँ गाउँमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर, सुत्केरी महिलालाई पोषण भत्ता, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।