logo

पाल्पाको माथागढी गाउँपालिकामा ८०० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

    1495   पटक पढिएको

१८ चैत्र /अर्थ र व्यापार - विपन्न स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाल्पाको माथागढी गाउँपालिकाभित्र बसोबास गरेका ८०० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यस वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले रु २० लाख बजेट छुट्याएर सबै वडा वडामा पुगेर स्वास्थ्य बीमा दर्ता कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए । 

गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विपन्न परिवारको घर घरमा बीमाकर्ता परिचालन गरेर स्वास्थ्य बीमा गराएपछि यहाँका नागरिक खुशी भएका छन् । अहिले बीमा गरेपछि स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्या बढ्न थालेको छ । आर्थिक समस्याले गर्दा यहाँका नागरिक उपचार अभावमा भित्रभित्रै रोगसँग लडेर बाँचिरहेका थिए । बीमा गरेपछि स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढ्दै गएको पाइएको छ । गत वर्ष पनि गाउँपालिकाले विपन्न स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत रु २० लाख रकम विनियोजन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष विपन्नअन्तर्गत पनि पहिचान गरेर अति विपन्न, एकल महिला, दीर्घरोगी, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिएर स्वास्थ्य बीमा गरिरहेको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य बीमा दर्तापश्चात् गाउँपालिकाका आठवटै वडामा बीमाको महत्वबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ । साथै गाउँपालिकाले घर घरमा पुगेर ज्येष्ठ नागरिक उपचार सेवा, गाउँ गाउँमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर, सुत्केरी महिलालाई पोषण भत्ता, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।